नेपाल बैक लिमिटेड दाङ शाखाले दाङको भरतपुर एक्सटेन्सन काउन्टरबाट सेवा सञ्चालन

  • १८ श्रावण २०७७, आईतवार २१:१० मा प्रकाशित
  • दाङ, १८ साउन
    नेपाल बैक लिमिटेड दाङ शाखाले घोराही उप-महानगरपालिका वडा नं. १५ भरतपुरमा एक्सटेन्सन काउन्टर खोली आफ्नो सेवा सन्चालन गरेको छ ।

    महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर दाङ नजिकै खुलेको उक्त एक्सटेन्सन काउन्टरबाट हाललाई रकम जम्मा गर्न र निकाल्न मात्र मिल्ने शाखा प्रवन्धक सरोज उपाध्यायले जानकारी दिनुभयो ।

    महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले आईतबार रकम जम्मा गरेर सेवा सुचारु गरे पनि उक्त काउन्टरको औपचारिक उद्घाटन केही दिनमै गरिने बैंकले जनाएको छ ।

    महेन्द्र बहुमुखी क्याम्पस दाङ, पद्मोदय पब्लिक माध्यमिक बिद्यालय दाङ लगायत घोराही उपमहानगरपालिका वडा नं. ५, ६, ७, १५ र १७ का वासिन्दाहरुलाई लक्षित गरि महेन्द्र बहुमुखी क्याम्पसको अनुरोधमा दुई बर्ष अघि देखी नेपाल बैक लिमिटेडले उक्त क्षेत्रमा एक्सटेन्सन काउन्टर स्थापनाको प्रयास थाले पनि सफल हुन सकेको थिएन ।

    महेन्द्र बहुमुखी क्याम्पस दाङले क्यासलेस कारोबार बनाउने आफ्नो उद्देश्यलाई सार्थक बनाइदिएकोमा नेपाल बैंक लिमिटेड दाङ शाखालाई धन्यवाद दिएको छ ।

    Leave a Reply