उमेश कुशवाहा,बीरगंज

पर्साको बीरगंज नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमितमध्ये १ सय ३४ जना पर्सा जिल्लाका रहेका छन्। भने बारा र रौतहट का ४-४ जना रहेका छन। पर्सामा यो अहिलेसम्मै सर्वाधिक संक्रमित संख्या हो। थपिएका संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १२१ जना पुरुष रहेका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाकारी दिनु भयो।
जिल्ला प्रहरी कार्यालय पर्सामा ४४ जना वीरगंज कारागारका २ जना कर्मचारी संक्रमित छन ।
त्यसैगरी वीरगंज महानगरपालिकाको वडा नम्बर २५ सिर्सिया खल्वाटोलाका गरिएको एक घर एक व्यक्ति परिक्षणमा २७ जना संक्रमित पुष्टि भएका छन ।
नारायणी वयोध्या अस्पतालका पाचजना चिकित्सक, पाचजना स्वास्थ्यकर्मि, सुरक्षागार्डसहित थप पाचजना गरी १५ जना संक्रमित छन ।
यस्तै तराई हस्पिटलमा उपचारत १ जना, ४ जना वीरगंज महानगरपालिका आदर्शनगर र अशोकबाटिकाका ११ जना, नेपाली सेनाका ५ जना, पर्सागढी नगरपालिकाका २ जना यसैगरी बारा र रौतहटका चार÷चारजना संक्रमित गरी आज कुल १४२ जना थपिएका छन ।
पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले ४४ जनामध्ये एक जना मात्र प्रहरी रहेको र बाँकी ४३ जना थुनुवा रहेको पुष्टि गरिन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन्।

