आज बाबू को मुख हेर्ने पर्व

  • ३ भाद्र २०७७, बुधबार १०:२१ मा प्रकाशित
  • बिशाल आचार्य

    उनी देखिन चाहादैनन उनी अदृश्य छन तर हाम्रो जिवनको प्रत्येक पाइला पाइलामा उनको हात हुन्छ । उनी इश्वर हुन उनी भौतिक शरीर देखाउछन तर उनी भित्रको शत्ति स्नेह प्रेम देखाउदैनन । हामिले लगाएका प्रत्येक कपडाको धागो धागोमा पिताजीको पसिना हुन्छ परिश्रम हुन्छ ।

    हामिले खाने गरेका अन्नका कण कणमा पिताजिको पसिना हुन्छ अन्न फलाउछन ल्याउछन अनि घर ल्याएपछी माताजिले पकाउनु हुन्छ अनि खान दिनुहुन्छ उनले पकाएर दिएको दृश्य हुन्छ तर पिताजिले गरेको परिश्रम र मेहनत अदृश्य हुन्छ । पिता जिवन हो , पिता आधार हो, पिता शत्ती हो, पिता सृष्टि हो, पिता पालन हो , पिता पोशक हो , पिता अनुशासन हो, पिता प्रशाशक हो ।

    आफ्ना सन्तानले सानो सानो गल्ती गर्दा आमाले सन्तानको स्नेहले काखी च्याप्छिन तर पिताजि सन्तानले भोलि कसैको अगाडी झुक्नु पर्छकी भनेर सानो सानो गल्तिमा पनि दण्ड दिन्छन । विहान के खाला बेलुका के खाला भनेर चिन्ता आमाले गर्छिन तर जिन्दगीभरी मेरो सन्तान भोको नबोसोस भनेर चिन्ता पिताजीले गर्छन । साना साना विपत्तीमा आमालाइ सम्झन्छौ भने ठूलो ठूलो बिपत्तिमा पिताजिलाइ सम्झनै पर्छ ।उनी आफ्नो प्राण बाजिमा राखेर जस्तोसुकै खतरासग लड्छन ।पिता त एक छत हुन जसको आश्रय हामी छौ ।

    पिता किशोर एवं जवानकालागि सर्वोत्तम प्रेरक अनि पथप्रदर्शक पनि हुन बयस्क र प्रौढका लागि भने अनन्त आशीर्वाद हुन । धर्मशास्त्र र लोक जिवनमा समुचित संगतिका कारण समाजमा पितृ सन्तान सम्बन्ध सधै सुमधुर रह्यो दशरथको रुपमा पिताजिको आदर्श आदि ।

    खासगरी संयुक्त पारिवारिक संरचानामा पिता एक संरक्षक एक आदर्श एक मार्गदर्शकका रुपमा पुज्य रहे। तर अहिले आधुनिकताको नाममा एकल परिवार बढ्दै छ र पिताको स्थान धराप हुदैछ । पितालाइ मार्गदर्शक मान्ने भन्दापनी बोझ मान्ने प्रवृत्ती भित्रभित्रै मौलाउन थालेको छ । वृद्ध असहाय पिताको सम्पत्तीमा अधिकार जमाएर उनलाइ बृद्धाश्रममा पठाउने क्रम बढ्दै छ ।हेक्का रहोस पिताजी हाम्रो जिवनहो भन्नी कुरा

    Leave a Reply