
काठमाडौ, ४ भाद्र
नेपालमा विगत २४ घण्टामा ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ४६ र महिला २ सय ९२ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १३ हजार ५ सय ७९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ८६ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ११ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ३७ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ५० रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय २७ जना, प्रदेश नं. २ मा ४ हजार ०४ जना, बागमती प्रदेशमा ७ सय ३४ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय ७६ जना, प्रदेश नं. ५ मा ४ हजार ३ सय ५६ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ७१ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ३ सय ४६ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १२ हजार १ सय ३२ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ५ सय ८६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ६८ जना, प्रदेश नं. २ मा २ हजार ८ सय ९७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा २ सय ४२ जना, कर्णाली प्रदेशमा १८ जना, र सुदुरपश्चिम प्रदेशमा २३ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ५ सय ४६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ३० जना, प्रदेश नं. २ मा १ हजार ८ सय ९३ जना, बागमती प्रदेशमा ३ हजार १ सय ६० जना, गण्डकी प्रदेशमा ३ सय ३९ जना, प्रदेश नं. ५ मा ८ सय ६१ जना, कर्णाली प्रदेशमा ३ सय १० जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय ३८ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १२ हजार २ सय ३४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय ०१ जना, प्रदेश नं. २ मा १ हजार ४ सय २१ जना, बागमती प्रदेशमा १हजार १ सय ६२ जना, गण्डकी प्रदेशमा २ हजार ६ सय ९८ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय ७९ जना, कर्णाली प्रदेशमा ६ सय ०३ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० जना रहेको छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा भोजपुर, हुम्ला, मुस्ताङ र म्याग्दी रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ६ वटा रहेका छन । जसमा मोरङ, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड २८ लाख ९३ हजार २ सय ८७ रहेको छ भने सक्रिय संक्रमित संख्या ६५ लाख ५६ हजार १ सय ३५ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ९७ हजार ६ सय ९५ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ५५ लाख ३९ हजार ४ सय ५७ जना रहेको छ ।

