
काठमाडौ, २७ साउन
नेपालमा विगत २४ घण्टामा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १० हजार ७ सय ६२ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ०१ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण ४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ८३ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७१ जना रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४४ जना, प्रदेश नं. २ मा ३ हजार ३ सय ८५ जना, बागमती प्रदेशमा ६ सय १८ जना, गण्डकी प्रदेशमा १ हजार ४ सय ८७ जना, प्रदेश नं. ५ मा ४ हजार १ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ११ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ७ हजार २ सय ०१ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ५ सय ३९ जना, प्रदेश नं. २ मा ३ हजार ३ सय ४७ जना, बागमती प्रदेशमा १ हजार ३ सय ५२ जना, गण्डकी प्रदेशमा २ सय २४ जना, प्रदेश नं. ५ मा ६ सय ४६ जना, कर्णाली प्रदेशमा १ सय ९७ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ९६ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ११ हजार ५८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ६ सय १४ जना, प्रदेश नं. २ मा १ हजार ५ सय ८० जना, बागमती प्रदेशमा १ हजार १९ जना, गण्डकी प्रदेशमा ९ सय ५५ जना, प्रदेश नं. ५ मा १ हजार ८ सय १२ जना, कर्णाली प्रदेशमा ६ सय ८९ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ३ सय ८९ जना रहेको छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, सोलुखुम्बु र संखुवासभा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ०२ लाख ७७ हजार १ सय ०५ रहेको छ भने सक्रिय संक्रमित संख्या ६३ लाख ३५ हजार ३ सय १६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ३९ हजार ५ सय ६१ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ३२ लाख ०२ हजार २ सय २८ जना रहेको छ ।

