
काठमाडौ, ६ भाद्र
नेपालमा विगत २४ घण्टामा ६ सय ३४ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ४ सय ५२ र महिला २ सय ८२ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १२ हजार ५ सय १९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ६ सय ५८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ०५ जना र होम आइसोलेसनमा ३ हजार ९ सय १६ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ९ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ४६ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ३६ जना, प्रदेश नं. २ मा ४ हजार ५४ जना, बागमती प्रदेशमा ७ सय ४३ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय ९२ जना, प्रदेश नं. ५ मा ४ हजार ३ सय ७७ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ७४ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ३ सय ७४ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १२ हजार ६ सय २१ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ९ सय १६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ६६ जना, प्रदेश नं. २ मा ३ हजार १ सय ८२ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा १८ जना, र सुदुरपश्चिम प्रदेशमा २६ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ७ सय ०५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ३५ जना, प्रदेश नं. २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश नं. ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय २३ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ११ हजार ६ सय ५८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४ सय १९ जना, प्रदेश नं. २ मा १ हजार ३ सय ३० जना, बागमती प्रदेशमा ७ सय जना, गण्डकी प्रदेशमा २ हजार ६ सय ०७ जना, प्रदेश नं. ५ मा १ हजार ७ सय ०३ जना, कर्णाली प्रदेशमा ५ सय ९३ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ०६ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ३५ रहेको छ । जसमा प्रदेश न.१ मा १५ जना, प्रदेश न. २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा १६ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १२ जना रहेका छन र सबै जना वागमती प्रदेशका रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ३ रहेको छ । जसमा हुम्ला, मुस्ताङ र म्याग्दी रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ६ वटा रहेका छन । जसमा मोरङ, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ३१ लाख ८४ हजार ४ सय ७८ रहेको छ भने सक्रिय संक्रमित संख्या ६६ लाख २० हजार ६ सय २७ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ०४ हजार २ सय ६५ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ५७ लाख ५९ हजार ५ सय ८६ जना रहेको छ ।

