आज थप ४ सय ८४ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुग्यो

  • २८ श्रावण २०७७, बुधबार २०:४० मा प्रकाशित
  • काठमाडौ, २८ साउन
    नेपालमा विगत २४ घण्टामा ४ सय ८४ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १० हजार ४ सय ८१ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ८ सय ४६ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण ८ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ९१ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६४ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४५ जना, प्रदेश नं. २ मा ३ हजार ४ सय १७ जना, बागमती प्रदेशमा ६ सय २५ जना, गण्डकी प्रदेशमा १ हजार ४ सय ८७ जना, प्रदेश नं. ५ मा ४ हजार १ सय ९४ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ०२ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ५८ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ७ हजार ६ सय १३ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ६ सय १४ जना, प्रदेश नं. २ मा ३ हजार ४ सय ५७ जना, बागमती प्रदेशमा १ हजार ५ सय २४ जना, गण्डकी प्रदेशमा २ सय ४७ जना, प्रदेश नं. ५ मा ६ सय ५७ जना, कर्णाली प्रदेशमा २ सय २० जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ९४ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा ६ जना, प्रदेश नं. २ मा ३९ जना, बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १४ हजार ८ सय ४६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ७ सय २८ जना, प्रदेश नं. २ मा १ हजार ५ सय ९४ जना, बागमती प्रदेशमा १ हजार ७१ जना, गण्डकी प्रदेशमा ३ हजार ८ सय २९ जना, प्रदेश नं. ५ मा १ हजार ९ सय ७९ जना, कर्णाली प्रदेशमा ८ सय १२ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय ३३ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा सोलुखुम्बु, डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ०५ लाख ४२ हजार ६ सय ६६ रहेको छ भने सक्रिय संक्रमित संख्या ६३ लाख ३५ हजार ६ सय ९६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ४६ हजार ३ सय ३५ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ३४ लाख ६० हजार ६ सय ३५ जना रहेको छ ।

    Leave a Reply