
काठमाडौ, १८ साउन
नेपालमा विगत २४ घण्टामा २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
सुनसरीका १० जना
कोशी अस्पताल विराटनगर
मोरङका १३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
सुनसरीका १ जना
मोरङका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
धनुषाका ३५ जना
चितवनका १ जना
महोत्तरीका ४ जना
सर्लाहीका १ जना
नारायणी अस्पताल वीरगञ्ज
पर्साका ७८ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
बझाङका २ जना
डोटीका ११ जना
कैलालीका १० जना
काठमाडौंका ११ जना
ललितपुरका ४ जना
शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकु
बर्दियाका १ जना
गोरखाका १ जना
दार्चुलाका १ जना
काठमाडौंका ८ जना
रौतहटका २ जना
सिन्धुलीका १ जना
सुनसरीका १ जना
वीर अस्पताल काठमाडौं
काठमाडौंका १ जना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
ललितपुर १ जना
पर्सा १ जना
सर्लाहीका १ जना
नेपाल प्रहरी अस्पताल
काठमाडौंका २ जना
स्टार अस्पताल सानेपा
पर्साका २ जना
ललितपुरका ३ जना
महोत्तरीका १ जना
नेपाल कोरियामैत्री अस्पताल भक्तपुुर
भक्तपुरका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
कास्कीका ५ जना
प्रादेशिक क्षयरोग केन्द्र पोखरा
बागलुङका १ जना
लमजुङका ३ जना
स्याङजाका ८ जना
तनहुँका २ जना
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशाला
बर्दियाका ९ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
नवलपरासी पूर्वका ३ जना
रुपन्देहीका १ जना
डडेल्धुरा अस्पताल
डोटीका १ जना
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ८ हजार ८ सय ६१ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ९१ हजार २ सय ७० जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ९ सय ३४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण १ जना ब्यक्तिको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ५७ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ११ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ०३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ५८ जना, प्रदेश नं. २ मा ३ हजार १ सय ६४ जना, बागमती प्रदेशमा ५ सय ३४ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ०६ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय ७३ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ४६ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार ६ सय ७२ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा २ सय ५१ जना, प्रदेश नं. २ मा २ हजार १ सय ७५ जना, बागमती प्रदेशमा ६ सय ०६ जना, गण्डकी प्रदेशमा २ सय ८७ जना, प्रदेश नं. ५ मा ३ सय ९६ जना, कर्णाली प्रदेशमा २ सय ९३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना रहेको छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा १ जना, प्रदेश नं. २ मा २० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १० हजार ९ सय ३४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ०५ जना, प्रदेश नं. २ मा १ हजार ४ सय ९४ जना, बागमती प्रदेशमा ७ सय ६९ जना, गण्डकी प्रदेशमा २ हजार ८ सय ६० जना, प्रदेश नं. ५ मा १ हजार ४ सय २२ जना, कर्णाली प्रदेशमा ४ सय ६८ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ७ सय १६ जना रहेको छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा र रसुवा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ८० लाख ४२ हजार ७ सय ९५ रहेको छ भने सक्रिय संक्रमित संख्या ६० लाख १२ हजार ७ सय ५२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ८९ हजार १ सय ६४ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड १३ लाख ४० हजार ८ सय ७९ जना रहेको छ ।.

