
घोराही, ३ भदौ
प्रदेश नं. ५ सरकारले यहि भदौ ७ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकार ( मन्त्रीपरिषद) ले मिति २०७७ बैशाख १० गते गरेको निर्णय अनुसार थारु समुदायहरुको पर्व बड्का अट्वारीमा उक्त समुदायलाई बिदा दिन लागेको हो ।
थारु समुदायले बड्का अट्वारीलाई विशेष पर्वको रुपमा मनाउदै आएका छन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार एक सार्वजनिक विदा सम्बन्धि सूचना जारी गर्दै थारु समुदायको बाहुल्यता रहेको दाङ, बाके र बर्दिया जिल्लामा उक्त दिन विदा दिने जनाएको छ ।

