बहुदरमाई नपाका मेयर सहित ५५ जना कोरोना संक्रमित पुस्टि।

  • २४ श्रावण २०७७, शनिबार १३:४६ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    पर्सा जिल्लामा दिन प्रति दिन कोरोनाको चपेटा पर्दे गईरहेको छ।

    वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोशालामा गरिएको पिसीआर परीक्षणमा ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

    पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह सहित ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनीहरुको स्वाबको नतिजा शुक्रबार राति आएको थियो ।

    सङ्क्रमितहरु उमेर २०वर्ष देखि ७४ वर्ष समूहका रहेका छन्।

    नगर प्रमुख साहलाई ज्वरो आएको र रुघाखोकी लागेको छ ।

    नगरपालिका नगर प्रमुख साह १ हप्तादेखि होम क्वरेण्टीनमा रहेकाछन।

    ५५ जना मध्य ८ जना महिला र अरु पुरुष रहेका छन् ।

    एक जना संक्रमित सर्लाही, ३ जना बारा र ५१ जना पर्सा का बासिन्दा हुन् ५५ जना मध्य १० जनामा ज्वरो सहितको लक्षण देखिएको छ ।
    नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा
    मदनकुमार उपाध्यायले जनकारी गराउनु भयो।

    बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब, परीक्षणका लागि दिएका थिए ।

    उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    पर्सामा हाल सम्म ६ सय जना बढी कोरोना संक्रमित पुगेका छन् ।

    Leave a Reply