
घोराही, ३ भदौ
दाङ जिल्लाको बबई गाउँपालिकाका ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बुधबार गरिएको स्वाव नमुना परिक्षणमा निजहरूको कोरोना पोजिटिभ देखिएको हो ।
बुधबार गरिएको उक्त परिक्षणमा कोरोना संक्रमण भएको पुष्टि हुनेमा बबई गाउँपालिका वडा नं. ४ का १८ वर्षीय २ जना पुरुष र वडा नं. ३ का २६ वर्षीय १ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख हरि खड्काले जनाएका छन । संक्रमण पुष्टि भएका तीनै जना गत साउन २७ गते भारतबाट आएको बुझिएको छ ।

