
तुलसीपुर, ९ भाद्र
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाद्वारा संचालित ३ वटा क्वारेन्टाइनमा ५६ जना ब्यक्ति मात्र रहेका छन । जसमध्ये ४७ जना पुरुष र ९ जना महिला रहेको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।
तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन केसीका अनुसार तुलसीपुरमा हालसम्म २ हजार २ सय २० जनाको पिसिआर परिक्षण गरिएको छ । त्यस्तै हालसम्म ९ महिला र ६९ पुरुष गरि ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपमहानगरमा सक्रिय संक्रमित १० जना रहेको र सबै आइसोलेसनमा रहेका छन । साथै हालसम्म कुनै संक्रमितको मृत्यु भने भएको छैन । फोकल पर्सन केसीका अनुसार अझै १ सय ३ जनाको पिसिआर परिक्षण रिपोर्ट भने आउन बाकी रहेको छ ।
त्यस्तै तुलसीपुरको क्वारेन्टाइनमा बस्नेको संख्या हालसम्म २ हजार १६ रहेको र डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय रहेको छ । क्वारेन्टाइनमा रहेका मध्ये भारतवाट आएका १ हजार ३ सय ५ जना, तेस्रो मुलुक वाट आएका ३ सय १९ जना र अन्य जिल्लावाट भित्रिएका ३ सय ९२ रहेका छन ।
होम क्वारेन्टाइनमा हाल ४२ जना रहेको र सबैको अवस्था सामान्य रहेको छ । जसमध्ये ३२ जनाको पिसिआर परिक्षण रिपोर्ट प्राप्त हुन बाकी रहेको छ ।
तुलसीपुर उपमहानगरले हालसम्म ५ सय १ जनाको आरडिटी परिक्षण गरेकोमा ७३ जना पोजिटिभ देखिएका थिए ।
तुलसीपुर उपमहानगरमा हालसम्म महिला ३ सय ६ जना र पुरुष १ हजार ६ सय ६१ जना गरि १ हजार ९ सय ६७ जना भर्ना भएका छन । जसमा १० वर्ष मुनिका ७२ जना, १०-१८ वर्षका १७७ जना, १९-४९ वर्षका १५८४ जना, ५०-६० वर्षका १२४ जना, ६० वर्ष माथिका २१ जना, गर्भवती ८ जना, सुत्केरी २ जना, अपाङ्गता भएका ३ जना रहेका छन ।
तुलसीपुर उपमहानगरद्वारा हालसम्म समुदायस्तरमा ३ सय १ जनाको पिसिआर परिक्षण गरिएकोमा सवैको नेगेटिभ आएको फोकल पर्सन केसीले जनाएका छन ।



