टाउको र शरीर छुट्टाछुट्टै भेटिएका बोहोराको हत्यारा कल्पनाले मुडभरी पौडेल भएको खुलासा

  • २७ श्रावण २०७७, मंगलवार १९:२९ मा प्रकाशित
  • काठमाडौँ साउन २७ । गोंगबुमा शुरुमा टाउको झोलामा शरीर सुटकेसमा राखिएको अवस्थामा फेला परेका कृष्णबहादुर बोहरालाई मार्ने प्रमुख योजनाकार कल्पना मुडभरी पौडेल भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
    शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको र नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको स्वीकारेकी छन् ।
    आज प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।
    खास गरी पहिले देखि सम्बन्ध रहे पनि बोहराले कल्पनाको नांगो फोटो फेसबुकमा राखे पछि आक्रोसमा आएकी कल्पनाले बोहरालाई योजना बनाएर हत्या गरेको प्रहरीले बताएको छ ।

    टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीको तालिम प्राप्त कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर पर स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पारेको थियो ।मिर्मिरेअनलाइन बाट ।

    Leave a Reply