काठमाडौं, २९ साउन । गोंगबुमा २४ शनिबारको राति भएको विभत्स हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभरीको धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो ।
‘कल्पनाको तीनवटा विवाह भइसकेको र मृतकसँग पनि सम्बन्ध रहेको तथ्य पत्ता लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको समेत फेला परेको छ ।
दुई बच्चाकी आमा कल्पनाले यसअघिका दुईजना पतिहरुसँग सम्बन्ध टुटाएको खुलेको छ । एकजनाले भने दुई बच्चा नै आफ्नो भनी देखापरेका छन् ।
मृतक कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अनुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । बरु उनले विवाह गर्नका लागि अर्को महिला मिलाइदिने सम्म भनेकी थिइन् । तर, कृष्णबहादुर उनीसँग एकोहोरो प्रेममा पागल भए । जे गर्न पनि तयार भए । यतिसम्मकी कल्पनाले मागेको ५० लाख समेत व्यवस्था गरे ।
कल्पनाले ५० लाख दिन नमानेपछि कि त विवाह गर कि त ब्याजसहित फिर्ता गर्न भन्न थाले । यसरी शारीरिक र मानसिक दुवै तरिकाले तनाव दिनथालेपछि कृष्णबहादुरको योजनावद्ध हत्या गर्ने निर्णयमा पुगेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन् ।