
काठमाडौ, १२ भाद्र
नेपालमा विगत २४ घण्टामा ९ सय २७ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ९३ र महिला ३ सय ३४ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । जसमा पुरुष २८ हजार ७ सय ४३ र महिला ७ हजार ७ सय १३ रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १० हजार २ सय २९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ९ सय ३९ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६ हजार १९ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ जना र होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ११ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ९५ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २३ जना, प्रदेश न. २ मा ७८ जना, बागमती प्रदेशमा ४२ जना गण्डकी प्रदेशमा १० जना, प्रदेश नं. ५ मा २७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ६९ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय ३६ जना, प्रदेश नं. २ मा ४ हजार ५ सय १७ जना, बागमती प्रदेशमा ९ सय ६६ जना, गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना, प्रदेश नं. ५ मा ४ हजार ७ सय ०८ जना, कर्णाली प्रदेशमा २ हजार २९ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ७ सय ९८ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १६ हजार १९ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ४ सय ४६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ सय २२ जना, प्रदेश नं. २ मा ३ हजार ८ सय ६२ जना, बागमती प्रदेशमा १ हजार ६ सय १६ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ४ सय ५६ जना, कर्णाली प्रदेशमा २७ जना, र सुदुरपश्चिम प्रदेशमा ४९ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार ५ सय ७३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ५२ जना, प्रदेश नं. २ मा १ हजार ७ सय ७९ जना, बागमती प्रदेशमा ३ हजार ९ सय २८ जना, गण्डकी प्रदेशमा ४ सय २७ जना, प्रदेश नं. ५ मा १ हजार ४४ जना, कर्णाली प्रदेशमा ३ सय ८८ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ४५ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ८ हजार ९ सय ३९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ९५ जना, प्रदेश नं. २ मा ९ सय २५ जना, बागमती प्रदेशमा ७ सय ४९ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ७८ जना, प्रदेश नं. ५ मा ९ सय ०१ जना, कर्णाली प्रदेशमा ४ सय ४१ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ७ सय ५० जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६४ रहेको छ । जसमा प्रदेश न.१ मा ४१ जना, प्रदेश न. २ मा ४४ जना, बागमती प्रदेशमा ८१ जना गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १५ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २२ जना रहेका छन । जसमा प्रदेश नं.१ मा ३ जना, वागमती प्रदेशमा १७ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ९ वटा रहेका छन । जसमा मोरङ, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ४६ लाख ६२ हजार रहेको छ भने सक्रिय संक्रमित संख्या ६७ लाख ०७ हजार ७ सय ८२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ३६ हजार ३ सय ४६ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ७१ लाख १७ हजार ८ सय ७२ जना रहेको छ ।

