आज थप ५ सय ९४ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो

  • ३० श्रावण २०७७, शुक्रबार २०:५८ मा प्रकाशित
  • काठमाडौ, ३० साउन
    नेपालमा विगत २४ घण्टामा ५ सय ९४ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ११ हजार ५ सय ७५ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख ९४ हजार ६ सय १३ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार होम क्वारेन्टाइनमा रहनेको ४ सय ५५ रहेको छ । जस अनुसार प्रदेश नं. १ मा ९३ जना, प्रदेश नं. २ मा ९८ जना, बागमती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ० जना, प्रदेश नं. ५ मा ८१ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ०७ जना रहेको छ ।

    विगत २४ घण्टामा कोरोनाका कारण ४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ९९ पुगेको छ । जसमा ७७ पुरुष र २२ महिला रहेका छन । प्रदेश अनुसार हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा पुरुष ९ जना, प्रदेश नं. २ मा पुरुष ३१ जना र महिला ११ जना गरि ४२ जना, बागमती प्रदेशमा पुरुष १३ जना र महिला ५ जना गरि १८ जना, गण्डकी प्रदेशमा पुरुष ६ जना, प्रदेश नं. ५ मा पुरुष ९ जना र महिला ३ जना गरि १२ जना, कर्णाली प्रदेशमा पुरुष ४ जना, र सुदुरपश्चिम प्रदेशमा पुरुष ५ जना र महिला ३ जना गरि ७ जना रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ४० रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ७१ जना, प्रदेश नं. २ मा ३ हजार ४ सय ९७ जना, बागमती प्रदेशमा ६ सय ३८ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय १२ जना, प्रदेश नं. ५ मा ४ हजार २ सय ७९ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय २४ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार १ सय ५६ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १४ हजार ६ सय ३८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ८ सय २३ जना, प्रदेश नं. २ मा १ हजार ६ सय १९ जना, बागमती प्रदेशमा १ हजार ९० जना, गण्डकी प्रदेशमा ३ हजार जना, प्रदेश नं. ५ मा २ हजार १ सय १५ जना, कर्णाली प्रदेशमा ७ सय ८४ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार २ सय ०७ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा डोल्पा, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ११ लाख २८ हजार ६ सय ७० रहेको छ भने सक्रिय संक्रमित संख्या ६३ लाख ९० हजार १ सय १६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ५८ हजार ३ सय ९१ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ३९ लाख ८० हजार १ सय ६३ जना रहेको छ ।

    Leave a Reply