आज थप ४ सय ८४ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुग्यो

  • २९ श्रावण २०७७, बिहीबार १८:४३ मा प्रकाशित
  • काठमाडौ, २९ साउन
    नेपालमा विगत २४ घण्टामा ५ सय २५ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ९ हजार ८ सय ५९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख ८३ हजार २८ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार होम क्वारेन्टाइनमा रहनेको ४ सय ६६ रहेको छ । जस अनुसार प्रदेश नं. १ मा ७२ जना, प्रदेश नं. २ मा ९८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ० जना, प्रदेश नं. ५ मा १ सय ४५ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ०७ जना रहेको छ ।

    त्यस्तै आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना रहेको छ । जस अनुसार प्रदेश नं. १ मा ७ सय २५ जना, प्रदेश नं. २ मा ३ हजार ५ सय ८९ जना, बागमती प्रदेशमा १ हजार ७ सय ०३ जना, गण्डकी प्रदेशमा २ सय ४२ जना, प्रदेश नं. ५ मा ६ सय ८० जना, कर्णाली प्रदेशमा २ सय १६ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ७० जना रहेको छ ।

    विगत २४ घण्टामा कोरोनाका कारण ४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ९५ पुगेको छ । जसमा ७३ पुरुष र २२ महिला रहेका छन ।प्रदेश अनुसार हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा पुरुष ८ जना, प्रदेश नं. २ मा पुरुष २८ जना र महिला ११ जना गरि ३९ जना, बागमती प्रदेशमा पुरुष १३ जना र महिला ५ जना गरि १८ जना, गण्डकी प्रदेशमा पुरुष ६ जना, प्रदेश नं. ५ मा पुरुष ९ जना र महिला ३ जना गरि १२ जना, कर्णाली प्रदेशमा पुरुष ४ जना, र सुदुरपश्चिम प्रदेशमा पुरुष ५ जना र महिला ३ जना गरि ७ जना रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ९ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४८ जना, प्रदेश नं. २ मा ३ हजार ४ सय ४९ जना, बागमती प्रदेशमा ६ सय २७ जना, गण्डकी प्रदेशमा १ हजार ४ सय ९९ जना, प्रदेश नं. ५ मा ४ हजार २ सय २४ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ०७ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ८३ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १४ हजार ७ सय ६९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ७ सय ४७ जना, प्रदेश नं. २ मा १ हजार ६ सय १९ जना, बागमती प्रदेशमा १ हजार १ सय ९१ जना, गण्डकी प्रदेशमा ३ हजार ८७ जना, प्रदेश नं. ५ मा २ हजार १ सय ०३ जना, कर्णाली प्रदेशमा ८ सय १० जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार २ सय १२ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ०८ लाख ५२ हजार ९ सय ९३ रहेको छ भने सक्रिय संक्रमित संख्या ६३ लाख ५८ हजार ४ सय २६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ४८ हजार ९० पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ३७ लाख ४६ हजार ४ सय ७७ जना रहेको छ ।

    Leave a Reply