आज थप ३ सय १५ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या २० हजार ८६ पुग्यो

  • १७ श्रावण २०७७, शनिबार २२:३३ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, १७ साउन
    नेपालमा विगत २४ घण्टामा ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    सुनसरीका १ जना

    कोशी अस्पताल विराटनगर प्रयोगशाला
    झापाका १ जना
    इलामका १७ जना
    सिरहाका ५ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
    झापाका १ जना
    इलामका ५ जना
    उदयपुरका १ जना
    मोरङका २ जना

    गजेन्द्र नारायण सिंह अस्पताल राजविराज
    सप्तरीका ७ जना

    नारायणी अस्पताल वीरगञ्ज
    बाराका १ जना
    पर्साका ६२ जना
    रौतहटका १ जना

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    बझाङका ४३ जना
    अछामका २८ जना
    कैलालीका ९ जना
    कञ्चनपुरका ८ जना
    काठमाडौंका २ जना

    धुलिखेल अस्पताल प्रयोगशाला
    कैलालीका २७ जना
    काभ्रेपलाञ्चोकका १ जना
    रामेछापका २ जना

    नेपाल प्रहरी अस्पताल प्रयोगशाला
    काठमाडौंका १ जना

    स्टार अस्पताल सानेपा
    पर्साका ३ जना

    नेपाल कोरियामैत्री अस्पताल भक्तपुर
    काठमाडौंका २ जना
    भक्तपुरका १ जना
    पर्साका १ जना

    प्रादेशिक क्षयरोग पोखरा प्रयोगशाला
    कास्कीका १ जना

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
    रुपन्देहीका २ जना

    सुर्खेत प्रादेशिक अस्पताल
    सल्यानका १ जना

    सेती प्रादेशिक अस्पताल धनगढी
    बझाङका २५ जना
    कैलालीका ५३ जना
    कञ्चनपुरका १ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ६ हजार ९ सय ९३ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ८२ हजार ४ सय ९० जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५ सय ३३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण कुनै ब्यक्तिको मृत्यु भएको छैन भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ५६ रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ५१ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ५६ जना, प्रदेश नं. २ मा ३ हजार १ सय ४९ जना, बागमती प्रदेशमा ५ सय ३२ जना, गण्डकी प्रदेशमा १ हजार २ सय ५६ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय ७१ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार १० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार ३ सय ३८ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा २ सय २५ जना, प्रदेश नं. २ मा २ हजार ६६ जना, बागमती प्रदेशमा ५ सय ७५ जना, गण्डकी प्रदेशमा ३ सय १३ जना, प्रदेश नं. ५ मा ३ सय ८७ जना, कर्णाली प्रदेशमा २ सय ९७ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा १ जना, प्रदेश नं. २ मा १९ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ११ हजार ५ सय ३३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ५४ जना, प्रदेश नं. २ मा १ हजार ५ सय ७३ जना, बागमती प्रदेशमा ८ सय १५२ जना, गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना, प्रदेश नं. ५ मा १ हजार ५ सय ३६ जना, कर्णाली प्रदेशमा ४ सय ४३ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ७७ लाख ७८ हजार २ सय ७६ रहेको छ भने सक्रिय संक्रमित संख्या ५९ लाख १७ हजार ८ सय ०२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ८३ हजार ३ सय ८९ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ०९ लाख ५१ हजार ९ सय ८० जना रहेको छ ।

    Leave a Reply