उमेश कुशवाहा , बीरगंज साउन ०३
बीरगंज पर्साको कारागारमा रहेका महिला कैदी बन्दी हरुलाई आज राहत सामग्री बितरण गरिएको छ।
समता स्कुलकी प्रिन्सिपल अनामिका मिश्र र बौवा दम्पतिद्वारा महिला कैदी बन्दीहरुको लागी जेलर श्रवण पोखरेल लाई बिभिन्न राहत समाग्री हस्तान्तरण गर्नु भएको हुन।
मिश्रले राहत सामग्री हस्तान्तरण गरे पछि जेलर पोखरेलले महिला बन्दीलाई बितरण गर्नु भएको छन।

राहत सामग्रीमा ८६ वटा कम्बो प्याक,स्यानिटरी प्याड , नुहाउने लुगा धुने सावुन ,स्याम्पो ,चाउ चाउ बिस्कुट भुजा , तेल , आँप रहेको थियो।
कारागारमा रहेका महिला बन्दीहरुलाई लाइ थोरै भए पनि राहत पुगोस भन्ने पवित्र मनशायले मिश्र बौवा दम्पतिले राहत सामग्री हस्तान्तरण गर्नु भएको थिए।
यो भन्दा पहिलापनि मिश्र र उनका श्रीमानले लकडाउनको समयमा भिन्नन ठाउँमा चामल,तेल,नून,आलू,प्याज तथा तरकारी,राहत सामग्री बितरण गर्नु भएको थियो।
सवै बन्दी तथा कारागार प्रशासनले दाता दम्पतिलाइ प्रशंसा तथा धन्यवाद दिएको छ।


