प्रहरीले छापा मारेर पर्साको बहुदरमाई नपाबाट.४५ किलो गाँजा बरामद गरेयो।

  • ११ श्रावण २०७७, आईतवार २१:०० मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज,असार ११ प्रहरीले छापा मारेर पर्साको बहुदरमाई नपाबाट.४५ किलो गाँजा बरामद गरेको हो।

    बहुदरमाई नगरपालिका ९ धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो ।

    यसअघि ६ गते पाँच किलो गाँजासहित पक्राउ परेका बहुदरमाईकै ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो ।

    इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार यसअघि पक्राउ परेका शम्भु र अनिललाई गाउँलेले भगाउने प्रयाससमेत गरेका थिए ।

    पछि जिल्लाबाट थप सुरक्षा बल मगारएर उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी थप गाँजा बरामद गरिएको उनले बताए ।

    प्रहरीका अनुसार साहले गाँजाको प्याकेट बनाएर प्लाष्टिकको बोराभित्र राखी गहुँ राखिएको ड्रममा लुकाएर राखेका थिए ।

    छापा मार्न प्रहरी टोली पुग्नुअघि नै धनिलाल भने फरार भइसकेका थिए । प्रहरीले यसअघि पक्राउ परेका दुईजनालाई पनि धनिलाल र उनको छोराले भगाउन खोजेको दाबी गरेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    यस अघि पक्राउ गर्ने बेलामा प्रहरीले हवाई फायर समेत गरेको थियो।

    Leave a Reply