सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला निर्वाचित

  • १२ श्रावण २०७७, सोमबार १४:४९ मा प्रकाशित
  • काठमाडौं :  तत्कालीन समाजवादी पार्टीबाट निष्कासित प्रतिनिधिसभाकी सदस्य सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई निर्वाचित गरिएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए।

    ‘निर्वाचन आयोगले लीलादेवी सिटौलालाई निर्वाचित भएको घोषणा गर्ने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको राजपत्रमा सूचना प्रकाशित गर्न र सम्बन्धित संसद् सचिवालयमा लेखी पठाउने काम भएको छ।’ सरकारले भारतद्‍वारा अतिक्रमित नेपाली भूमि समेटेर सार्वजनीक गरेको नेपालको नक्सा संविधानको अनूसुचीमा समावेश गर्न ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध संशोधन हालेपछि सरिता गिरीलाई समाजवादी पार्टीले स्पष्टीकरण सोधेको थियो।

    त्यसपछि उनलाई पार्टीको ह्वीप उल्लं‍घन गरेकोमा पार्टीले पार्टीको सदस्य र सांसद दुवै पदबाट निष्कासन गरेको थियो। गिरीलाई निष्कासन गरेपछि तत्कालीन समाजवादी र राजपाबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा) ले आयोगमा समानुपातिक पद्धतिअन्तर्गत निर्वाचित गर्नुपर्ने खस—आर्य समूहको रिक्त महिला सदस्य पदमा लीलादेवी सिटौलाको नाम सिफारिस गरिएको थियो। थाहा खबर ।

    Leave a Reply