सुरेन्द्र बुढाथाेकि तुलसिपुर ३ साउन सुत्केरि बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगंजबाट पश्चिम दाङको हंसपुर जाँदै गरेको भे१च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे –सुर्खेत सडक खण्डको कुमालगडीमा दुर्घटना हुँदा उनिहरु घाइते भएका हुन् ।घाइते हुनेमा बबई गाउँपालिका–३ हंसपुर निबासी एक दिनकी सुत्केरी १८ बर्षकी लक्ष्मी विश्वकर्मा र उनको नवजात शिशु, त्यसैगरी सोही ठाउँ निबासी २३ बर्षकी शुष्मा विक, उनको १ बर्षकी छोरी रोशनी विक, २४ बर्षका खिमबहादुर विश्वकर्मा, उनकी दुई बर्षकी छोरी सृष्टी विश्वकर्मा, २५ बर्षकी गिता विक, उनको २ बर्षका छोरा मिलन विक, बाँकेको कोहलपुर नगरपालिका–८ मनिकापुर निबासी २६ बर्षकी नन्जिता विक र उनका ३ बर्षका छोरा संगम विक र चालक राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निबासी २७ बर्षका हिमबहादुर जैसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारि िदएकाे छ । साभार सामािजक सञ्जाल
