तनहुँमा पहिरो, १० जनाको ज्यान गयो, २जना हराइरहेकाकाे खाेजी हुँदै

  • २९ असार २०७७, सोमबार २०:३९ मा प्रकाशित
  • परिवारका तीन जनासहित चार जना, ऋषिङ गाउँपालिका ८ पल्ट्याङमा पाँच जना र म्याग्दे गाउँपालिका ६ बेलौते डाँडामा एक जनाको ज्यान गएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगद बरालले जानकारी दिनुभयो ।

    ज्यान गुमाउनेहरुमा ऋषिङ गाउँपालिकाका भेषबहादुर थापा, नानुमाया थापा, महादेव थापा, मनिसरा थापा र अनिषा थापा छन् । यस्तै व्यास नगरपालिका–९ का  कमला थापा, मनोज थापा, अञ्जना थापा र त्यही ठाउँका मैतीमाया घर्तीको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

    यस्तै  म्याग्दे गाउँपालिका ६ की लक्ष्मी विकको पनि पहिरोमा परि ज्यान गएको छ । पहिराेले पुरिएर व्यास नगरपालिका ९ का राजेश थापा र  व्यास ११ का पद्मबहादुर भुजेल बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको पनि बरालले जानकारी दिनुभयो । 

    बाढी र पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । पहिरोमा पुरिएका र बाढीले बगाएकाको खोजी कार्य अझै चल्दै छ । बाढीलेभन्दा पनि पहिरोका कारण धेरै क्षति भएको देखिन्छ । बाढी र पहिरोको पूर्वसूचना थाहा पाउन नसक्दा धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको छ भने कैयौँ विस्थापित बनेका छन् ।  उज्यालो अनलाइन बाट ।

    Leave a Reply