
उमेश कुशवाहा, बिरगंज, असार २८
हिमालयन दृष्टि ऑनलाइनमा असार २३ गते आर्थिक अवस्था कम्जोर भइ उपचार गराउन नसकेका चमार द्वारा जिबनरक्षा का लागि अपिल शिर्षकमा प्रकाशित भएपछि
न्यू यॉर्क बस्ने सामाजिक अभियान्ता विश्वा बहादुर शाहले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५ को दलित युवा २५ वर्षीय सन्जोग महराको उपचारको लागि रु २००४२/- बीस हजार व्यालिस रुपैया आर्थिक सहयोग गरेका छन्।
समाजसेवी बिश्वा बहादुर शाहले विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गर्दै आइरहेका छन। सामाजिक कार्यमा धेरै सक्रिय रहनुभएको छ।
त्यस्तै जिल्ला बैतडी निवासी हाल डेनमार्क बस्ने सामाजिक अभियान्ता पंकज चन्दले महराको उपचारको लागि रु ३००० तिन हजार आर्थिक सहयोग गरेका छन्।
समाजसेवी पंकज चन्दले विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गरेका छन।
लकडाउनको समयमा लकडाउन प्रभावित मजदुर र दलितलाई खाद्यान्न राहत सहयोग गर्नु भएको थिए ।
क्यानडामा बस्ने अधिकारकर्मीहरु बाट पनि महराको उपचारको लागि १२३०१ रुपैया सहयोग प्राप्त भएको छ ।
अहिलेसम्म सहयोगीबाट महराको उपचारको लागि जम्मा ५६००२ संकलन भएको छ।
नेशनल मेडिकल कलेज र टीचिंग होस्पिटल बिरगंज , पर्सामा उपचाररत दलित युवा सन्जोग महरा चमारको उपचारको क्रममा अहिलेसम्म सिटि स्केन , पेटमा भएको घाउको पिपको परिक्षण भएको छ र रिपोर्ट आउन बाकी रहेकोे छ।
सहयोग प्राप्त रकमबाट सन्जोग महरा चमारको उपचारमा धेरै सहयोग हुनेछ , सन्जोग चमारको बुबा बागड महरा चमार र आमा सियापतीले सहयोगी हातलाई धेरै धन्यवाद दिनु भएको छ।
पिस फोर दलित फाउन्डेसन नेपालको र दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम र सदस्यको पहलमा छोराको उपचार रकम उपलब्ध गराउनु भएकोमा महराको बुवाले खुसी हुदै धन्यबाद दिनु भएको छन।
समाचार सम्प्रेषण गरी सहयोगी दत्ताहरु सम्म देश बिदेश सम्म पुगाने हिमालय दृस्टि ऑनलाइन २ का संववादाता उमेश कुशवाहालाई उपचार्थ सन्जोग चमारको बुबा बागड महरा चमार र आमा सियापतीले प्रसंशा र धन्यबाद दिनु भएको छन।

