वसन्त अनुभव

काठमाडौ, ६ साउन
नेपालमा विगत २४ घण्टामा १ सय ५० जना नयाँ संक्रमित थपिएका छन। थपिनेमा प्रदेश नं. १ बाट १५ जना, प्रदेश नं. २ बाट ४८ जना, बागमती प्रदेश बाट २४ जना, गण्डकी प्रदेशबाट १२ जना, प्रदेश नं. ५ बाट ७ जना, कर्णाली प्रदेश बाट १२ जना र सुदुरपश्चिम प्रदेशबाट ३२ जना रहेका छन ।
नेपालमा आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
त्रि.वि.शिक्षण अस्पताल प्रयोगशाला, महाराजगन्ज
सर्लाही – १ जना
काठमाण्डाै – ८ जना
चितवन – १ जना
कैलाली – १ जना
नुवाकोट – १ जना
महोत्तरी – १ जना
धुलिखेल अस्पताल प्रयोगशाला, धुलिखेल
काभ्रेपलान्चोक – १ जना
रामेछाप – २ जना
वि.पि. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
झापा – २ जना
सर्लाही – १ जना
उदयपुर – ८ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
गोरखा – ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
म्याग्दी – ३ जना
स्याङ्जा – ३ जना
बागलुङ – ३ जना
सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढी
कैलाली – ३ जना
बझाङ – ४ जना
कन्चनपुर – २० जना
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला, सुर्खेत
दैलेख – १ जना
सल्यान – १ जना
कोशी अस्पताल प्रयोगशाला, विराटनगर
सप्तरी – १ जना
इलाम – २ जना
किटजन्य रोग अनुसन्धान तथा सरुवा रोग अस्पताल प्रयोगशाला, हेटौंडा
मकवानपुर – ५ जना
भरतपुर अस्पताल कोभिड प्रयोगशाला, चितवन
चितवन – ४ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
माेरङ – ३ जना
नारायणी अस्पताल प्रयोगशाला, विरगन्ज
पर्सा – २ जना
पाटन अस्पताल प्रयाेगशाला, ललितपुर
सर्लाही – १ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा
डोटी – ४ जना
काेभिड १९ परिक्षण प्रयाेगशाला, दैलेख
दैलेख – ९ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
धनुषा – २९ जना
महोत्तरी – १३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
नवलपरासी – १ जना
स्टार अस्पताल प्रयोगशाला, सानेपा
ललितपुर – १ जना
भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज
बाँके – ३ जना
दाङ – ३ जना
चौरजहारी नपा पिसिआर प्रयोगशाला, रुकुम पश्चिम
सल्यान – १ जना
बिगत २४ घण्टामा नेपालका विभिन्न २७ वटा प्रयोगशालामा RT-PCR बिधिबाट ३ हजार ९ सय ६३ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख २३ हजार ४ सय १६ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७ सय ०४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छैन भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ सय ०९ रहेको छ । प्रदेश नं. १ बाट ० जना, प्रदेश नं. २ बाट ६९ जना, बागमती प्रदेश बाट १ जना, गण्डकी प्रदेशबाट १६ जना, प्रदेश नं. ५ बाट ४७ जना, कर्णाली प्रदेश बाट १८ जना र सुदुरपश्चिम प्रदेशबाट ४५८ जना रहेकोे छ ।
हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ५२ जना, प्रदेश नं. २ मा २ हजार ७ सय ६६ जना, बागमती प्रदेशमा ४ सय ५२ जना, गण्डकी प्रदेशमा १ हजार २० जना, प्रदेश नं. ५ मा ३ हजार ८ सय १८ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार १ सय ७(२९ जना रहेकोे छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या १०८ जना, प्रदेश नं. २ मा १ हजार ९ सय १३ जना, बागमती प्रदेशमा ४ सय २१ जना, गण्डकी प्रदेशमा ३ सय ८० जना, प्रदेश नं. ५ मा ३ सय ७० जना, कर्णाली प्रदेशमा २ सय ९३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना रहेकोे छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या २१ हजार ४ सय ७७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ५ सय ६७ जना, प्रदेश नं. २ मा २ हजार ३ सय १२ जना, बागमती प्रदेशमा १ हजार ५ सय ५२ जना, गण्डकी प्रदेशमा ३ हजार ३ सय ३७ जना, प्रदेश नं. ५ मा ३ हजार ५ सय १४ जना, कर्णाली प्रदेशमा १ हजार ४ सय ४३ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ९ सय ७९ जना रहेकोे छ ।
त्यस्तै हालसम्म संक्रमित हुन पुगेका ब्यक्तिहरुको प्रादेशिक विवरण यस प्रकार रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ६० जना, प्रदेश नं. २ मा ४ हजार ६ सय ८५ जना, बागमती प्रदेशमा ८ सय ८२ जना, गण्डकी प्रदेशमा १ हजार ४ सय ०५ जना, प्रदेश नं. ५ मा ४ हजार १ सय ९८ जना, कर्णाली प्रदेशमा १ हजार ८ सय ३७ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार १ सय २७ जना रहेकोे छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ८ पुगेको छ । जसमा भोजपुर, धनकुटा, मुस्ताङ, मनाङ, संखुवासभा, पाँचथर र रसुवा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,४८,६७,५०३ रहेको छ भने सक्रिय संक्रमित संख्या ५३,२९,७९६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,१३,५५० पुगेको छ । निको भई घर फर्कनेको संख्या ८९,२४,१८४ जना रहेको छ ।





