• १ श्रावण २०७७, बिहीबार ०९:११ मा प्रकाशित
  • बिरगंजमा उपचारका क्रममा रौतहटका ३६ वर्षिय कोरोना संक्रमित युवककाे मृत्यु

    वीरगञ्ज ३१ असार ।

    वीरगञ्जको नारायणी अस्थायी काेराेना अस्पताल गण्डकमा आज अपरान्ह एक युवककाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

    रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा असार २४ गते भर्ना भएका ३६ वर्षिय युवाको मृत्यु भएको हाे । उनी असार २४ गते भारतको बैगलोरबाट आएका थिए ।

    असार २९ गते उनको स्वास्थ्यमा अचानक समस्य आएपछि उनको स्वाब संकलन गरी हेटौडा परिक्षणको लागि पठाइएको थियो ।

    उनलाई थप उपचारको लागि वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा पठाएकोमा बुधवार विहान साढे ६ बजेदेखि उनको श्वासप्रवासमा गडबडी आएको थियो । चिकित्सकको कठिन प्रयास पछि पनि उनलाई बचाउन नसकिएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले बताए ।

    उनले भने, ती युवकको हेटौडा ल्याबबाट पोजेटिभ रिपोर्ट आएको थियो, आज साढे ४ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उनको पिसिआर गर्दा पनि बचाउन सकिएन ।

    ती युवक १५ दिन अघि भारतको बैगलोरमा अचानक मृत्यु भएको दाइलाई भेटन अस्पताल पुगेका थिए । उनका दाइको मृत्यु पनि कोरोना संक्रमणबाट भारतमा भएको हुन सक्ने अनुमान गरिएको छ ।

    Leave a Reply