
८ जुलाइ २०२० साउदी अरब ! नेपाली कन्सुलेट जनरल, जेद्दाले एक सूचना जारी गर्दै जेद्दाबाट १० जुलाईका दिन तय भएको नेपाल एयरलाइन्स को फ्लाइट विशेष कारणबस अर्को सूचना जारी नहुनजेल सम्मका लागि स्थिगित भएको जनाएको छ ।
कोभिड-१९ को विश्वव्यापी संक्रमणको अवस्थामा उत्पन्न असहज परिस्थितिका कारण विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता लैजाने नेपाल सरकारको निर्णय अनुसार नेपाली कन्सुलेट जनरल, जेद्दाको कार्यक्षेत्रभित्र रहनुहुने नेपालीहरुमध्ये तेस्रो उडानको लागि मिति १० जुलाई २०२० मा तय भएको नेपाल एयरलाईन्सको विमान प्राविधिक कारणले स्थगन भई १२ जुलाई २०२० को राति जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल आउने जानकारी सम्बन्धित निकायबाट प्राप्त भएको हुँदा उक्त मितिमा उडानको समय सम्बन्धित निकायबाट प्राप्त हुनासाथ अर्को सूचना मार्फत सूचित ।
नेपाली महावाणिज्यदूतावास
जेद्दा, साउदी अरेबिया