रित्तिदै छन तुलसीपुरका क्वारेन्टाइन स्थलहरु

  • ३१ असार २०७७, बुधबार २२:५७ मा प्रकाशित
  • वसन्त अनुभव

    तुलसीपुर, ३१ असार
    तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको क्वारेन्टाइनमा हाल १ सय ७७ जना ब्यक्ति रहेका छन । क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ ।

    तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन एवं जस्वानी विमल के.सी.का अनुसार हालसम्म तुलसीपुर उपमहानगरको क्वारेन्टाइनमा १ हजार ६ सय ६७ जना बसेका छन भने १ हजार २ सय ५४ जना डिस्चार्ज भैसकेका छन ।

    त्यस्तै हालसम्म ४ सय १८ जनाको आर.डि.टि परिक्षण गरिएकोमा ४१ जना पोजिटिभ र १ हजार ३ सय ४० जनाको पिसिआर परिक्षण गरिएकोमा ४९ जनाको कोरोना पोजिटिभ भेटिएको थियो । जसमध्ये ४१ जना पुरुष र ८ महिला रहेका छन । पिसिआर जाँच गर्न पठाइएका मध्ये १७ जनाको रिपोर्ट आउन बाकी छ ।

    त्यस्तै हाल पेइङ क्वारेन्टाइनमा २ जना रहेका छन भने ४ जना होम क्वारेन्टाइन बसेका छन ।

    Leave a Reply