सुशील सुबेदी
आज दिउँसाे १२ः३० बजे पानी भरिएकाे सुरुङकाे गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएकाे त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए ।
गेट फुटेपनि अाएकाे बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएकाे छ ।थप बिवरण अाउन बाँकी छ । मेलम्ची खानेपानी अायाेजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेकाे छ ।


