सुशील सुबेदी, सिन्धुपाल्चोक
बार्हबिसे नगरपालिकले जम्बु बाढीका मृतक परिवारलाई तत्काल किरियाखर्च बापत १ लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै गम्भीर घाईतेको उपचारका लागि सोही बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाईतेको सम्पूर्ण उपचारको ब्यबस्था गर्ने पनि निर्णय भएको मेयर निमफुन्जो शेर्पाले बताउनुभयो ।बाढिबाट बिस्थापित बनेकाहरुलाई मध्यभोटेकोसी जलबिध्युत आयोजनाको आवास गृहमा राखिएको उहाँले बताउनुभयो । ू बिस्थापितलाई आयोजनाको आवासगृहमा राखिएको छ, अन्य केहिलाई सुरक्षित स्थानमा टेन्ट्मा राखिएको छू शेर्पाले भन्नुभयो । भोलि नै बिस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ ।


