मन्त्री र सांसद नपुगेको ठाउँमा उद्धारको लागी पुगे ओबीसीका अध्यक्ष साह

  • ८ श्रावण २०७७, बिहीबार १७:०९ मा प्रकाशित
  • बीरगंज आसार ०७,

    तीन दिनदेखि लगातार परिरहेको अविरल बर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुवानले मध्य तराईको बारा, पर्सा र रौतहट लगायत देशको अन्य जिल्लाको पनि जनजीवन प्रभावित भएको छ ।

    अबिरल बर्षाका कारण वीरगंजका अधिकांश भाग डुबानमा पर्नुका साथै यहाँको जनजीवन पनि प्रभावित बनेको छ ।

    बीरगंज महानगरपालीका वडा नं.– ११ श्रीपुरस्थित रहेको कृषि अनुुन्धान कार्यालयको पछाडिपटिका बस्तिहरु डुबानमा परेको छ । सो बस्तिमा रहेका १४० जनालाई उद्धार गरिएको समाजसेवी एवं ओबिसी पर्सा अध्यक्ष अकलेश साहले बताएका छन् ।

    तर अहिले सम्म यहां नत कुनै मन्त्री नत सांसद उद्दार कार्यमा पुगेका हुन साहले आरोप लगाइएका छन।

    वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक दिपक साहको कमाण्डमा खटेको प्रहरी टोलीले उद्धार गरिको थियो । उद्धार गरीएको १४० जनालाई अहिले श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यायालयमा राखिएको छ ।

    सो वडाका वडाध्यक्ष प्रदुमन सेढाई र महानगरपालिकाको सहयोगमा उद्धार गरिएको १०४ जनाको बस्न र खानको ब्यवस्था गरीको वडाध्यक्ष सेढाईले बताए ।

    उद्धार कार्यमा स्थानिय राजन साह, अमानुल्लाह अन्सारी र संदिप महतो, सहकर्मी राजेन्द्र सिंह राजपूत,संजय दारू लगायतले सहयोग गरेका थिए ।

    Leave a Reply