प्रमुख जिल्ला अधिकारी ढकाल द्धारा भोटेकोशिका नागरिकसँग भेटघाट

  • ८ श्रावण २०७७, बिहीबार १९:०२ मा प्रकाशित
  • सुशील सुबेदी -सिन्धुपाल्चोक

    मौषमको प्रतिकुलताका बाबजुत पनि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोशिका बाढि पिडितका बारेमा जानकारी लिनुभएको छ । उहाँ आफैँ पुगेर स्थलगत अनुगमन समेत गर्नुभएको थियो । साथै उहाँले चिनिको नेलम जिल्लाका समकंक्षिहरु सँगपनि भेटवार्ता गर्नुभएको छ । उहाँले जिल्ला विपद् ब्यबस्थापन समिति बाट पठाएको राहत बास्तबिक पिडितले पाएकि पाएनन् भन्ने विषयमा चासो लिनुभएको थियो । भोटेकोशिका नागरिकहरु सँग कुरा गर्दै उहाँले आवश्यकता के छ भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा बाढि पिडितहरुले गाँसको र बासरको समस्या रहेको सुनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । उहाँले चिनियाँ समकक्षि सँग पनि जिल्लाको बाढि पिडितहरुको बारेमा जानकारी गराउँदै राहतको अपेक्षा गर्नुभएको थियो । भेटमा समकंक्षिले आफुले सकेको सहयोग गर्ने बचन दिएका छन् । विपद्मा परेका नागरिकलाइ जिल्ला विपद् ब्यबस्थापन समितिले टेण्ड, त्रीपाल,र नगद १० हजार रुपिँया सहयोग गरेको थियो ।

    Leave a Reply