प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

  • ४ श्रावण २०७७, आईतवार ०८:३८ मा प्रकाशित

  • प्युठानमा गएराती ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
    प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा
    गए राती अन्दाजी १ वजेको समयमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
    उक्त ट्याक्टरमा चालकसहित ८ जना रहेको र एकजना भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनले जानकारी गराए । मृत्यु हुने सबै ७ जना रोल्पाका रहेको भन्ने बुझिन आएको तर पहिचान खुलिनसकेको उनले बताए ।
    स्वर्गद्वारीतर्फवाट भिङ्ग्री तर्फ आउदै गरेको ट्याक्टर दुर्घटना परेको हो । ट्याक्टर सडकबाट अन्दाजी ४-५ सय मिटर तल झरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
    अहिले स्थानीय, नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको उनले बताए ।

    Leave a Reply