पहिरोले आँबुखैरेनी-गोरखा सडकखण्ड अवरूद्ध

  • ४ श्रावण २०७७, आईतवार १२:२५ मा प्रकाशित
  • पहिरोका कारण आँबुखैरेनी-गोरखा सडकखण्ड अवरूद्ध भएको छ।

    गए राती परेको वर्षासँगै आएको लेदोमाटोसहितको पहिरोले गोरखा नगरपालिका वडा नम्बर १२ स्थित सातकिलो घुम्तीमा सडक अवरूद्ध भएको। सडकमा लेदो माटो थुप्रिएकोले हटाउने काम भइरहेको छ।

    ‘बिहानैदेखि पहिरो हटाउने काम जारी छ। पानी परेन भने अब एक घण्टामा सडक सुचारू हुन्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका टीका शर्माले भने। उनकाअनुसार तीन वटा स्काभेटरले पहिरो र लेदो माटो हटाउने काम गरिरहेका छन्।

    Leave a Reply