कोरोना परीक्षण गर्दा शुल्क लिए कारवाही गर्ने

  • २४ असार २०७७, बुधबार २३:०४ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको बताए । 

    सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने उनले बताए । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ । 

    बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उनको भनाइ छ । उनले चिया पसलमा भीडभाड गर्नुको साटो घरभित्रै परिवारसँग बस्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, “चाडपर्व, जात्रा, मेला अरू समयमा पनि आउने भएकाले अहिले नागरिकले स्वास्थ्य सावधानी अपनाउनुपर्छ ।”

    प्रवक्ता गौतमले कतिपय स्थानमा सङ्क्रमणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने खबर आइरहेको बताए । त्यस्ता व्यक्तिलाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा उनले जानकारी दिए । यो समाचार १२खरी ले छापेको छ ।

    Leave a Reply