कोरोना अपडेट – आज थप ११६ जना कोरोना पोजेटिभ, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो

  • ३१ असार २०७७, बुधबार २२:२० मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, ३१ असार
    नेपालमा विगत २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
    काठमाडौ – ४ जना
    सिन्धुपाल्चोक – १ जना
    नुवाकोट – १ जना

    वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    धनकुटा – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
    मोरङ – १ जना
    ताप्लेजुङ – १ जना

    गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला, राजविराज
    सप्तरी – १३ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
    धनुषा – ६ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला, टेकु
    काठमाडौ – २ जना

    भरतपुर अस्पताल प्रयोगशाला, चितवन
    चितवन – ८ जना
    नवलपरासी पुर्व – ११ जना

    चौरजहारी न.पा. पिसिआर प्रयोगशाला, चौरजहारी रुकुम पश्चिम
    सल्यान – ३ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा
    डडेल्धुरा – २ जना

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा
    रौतहट – ५ जना

    त्रि वि शिक्षण अस्पताल, महाराजगन्ज
    धादिङ – १ जना
    काठमाडौ – १ जना
    पाल्पा – १ जना
    गोरखा – १ जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
    कास्की – ३ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
    तनहुँ – ६ जना
    म्याग्दी – ९ जना

    सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेत
    अछाम – १ जना
    दैलेख – ३ जना
    जाजरकोट – १ जना
    जुम्ला – २ जना
    मुगु – १ जना
    सल्यान – २ जना
    सुर्खेत – २८ जना

    बिगत २४ घण्टामा नेपालका प्रयोगशालामा RT-PCR बिधिबाट ५ हजार ९० जनाको कोरोना परिक्षण गरिएको र हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ५ सय २७ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ हजार १ सय १३ जना रहेको छ । विगत २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ३९ रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ सय ९७ रहेको छ । हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ११ हजार २५ रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा संक्रमित संख्या ७ सय ७८ जना, प्रदेश नं. २ मा ४ हजार ४ सय १६ जना, बागमती प्रदेशमा ८ सय ३९ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ०५ जना, प्रदेश नं. ५ मा ४ हजार ९३ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ८७ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ९ सय ५९ जना रहेकोे छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।

    त्यस्तै क्वारेन्टाइनमा हाल बसिरहेकाको संख्या प्रदेश नं. १ मा ३ हजार ४१ जना, प्रदेश नं. २ मा २ हजार ९ सय ४१ जना, बागमती प्रदेशमा १ हजार ८ सय ९६ जना, गण्डकी प्रदेशमा ३ हजार ८ सय ४४ जना, प्रदेश नं. ५ मा ४ हजार ५ सय २२ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ५६ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ५ सय २७ जना रहेकोे छ ।

    नेपालमा संक्रमित शून्य हुन पुगेका जिल्लाहरुमा भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन ।

    Leave a Reply