आज थप २ सय २४ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुग्यो

  • १६ श्रावण २०७७, शुक्रबार २०:५७ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, १६ साउन
    नेपालमा विगत २४ घण्टामा २ सय २४ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    झापाका १ जना

    कोशी अस्पताल विराटनगर प्रयोगशाला
    झापाका १२ जना
    मोरङका १५ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
    धनुषा १ जना
    बारा १ जना
    सर्लाहीका १ जना

    नारायणी अस्पताल प्रयोगशाला वीरगञ्ज
    बाराका २ जना
    पर्साका ४१ जना
    रौतहटका १ जना

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    बझाङका २५ जना
    कैलालीका १५ जना
    काठमाडौंका ८ जना
    नुवाकोटका २ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
    बाराका १ जना
    काठमाडौंका ३ जना
    ललितपुर २ जना
    रौतहटका २ जना

    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला
    नवलपरासी पूर्वका २ जना

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा
    मकवानपुरका १ जना

    धुलिखेल अस्पताल
    दार्चुलाका १६ जना
    कञ्चनपुरका १८ जना

    पाटन अस्पताल ललितपुर
    ललितपुरका २ जना
    सप्तरीका १ जना

    वीर अस्पताल काठमाडौं
    काठमाडौंका १ जना

    नेपाल प्रहरी अस्पताल प्रयोगशाला
    काठमाडौंका १८ जना
    ललितपुरका १ जना

    नेपाल कोरिया मैत्री अस्पताल
    भक्तपुरका १ जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
    कास्कीका २ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला
    कास्कीका १ जना
    म्याग्दीका २ जना
    तनहुँका १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
    गुल्मीका २ जना
    रुपन्देहीका १ जना

    भेरी अस्पताल नेपालगञ्ज
    बाँकेका १ जना
    दैलेखका १ जना
    दाङका १ जना

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
    दाङका २ जना

    दैलेख आरटी पिसिआर प्रयोगशाला
    दैलेखका १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला
    बैतडीका १० जना
    डोटीका ३ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १० हजार ७ सय ६८ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार १ सय ११ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण ४ जना ब्यक्तिको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ५६ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ५१ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ३१ जना, प्रदेश नं. २ मा ३ हजार १ सय १ जना, बागमती प्रदेशमा ५ सय २६ जना, गण्डकी प्रदेशमा १ हजार २ सय ४४ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय ७१ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ८ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार ३ सय १६ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा २ सय २२ जना, प्रदेश नं. २ मा २ हजार ३४ जना, बागमती प्रदेशमा ५ सय ७२ जना, गण्डकी प्रदेशमा ३ सय २४ जना, प्रदेश नं. ५ मा ३ सय ८५ जना, कर्णाली प्रदेशमा २ सय ९६ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा १ जना, प्रदेश नं. २ मा १९ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १२ हजार १ सय ११ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ७७ जना, प्रदेश नं. २ मा १ हजार ७ सय ३१ जना, बागमती प्रदेशमा ९ सय १६ जना, गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय ७४ जना, कर्णाली प्रदेशमा ४ सय ९४ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा भोजपुर, काभ्रे, मुस्ताङ, मनाङ, संखुवासभा र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ७४ लाख ८९ हजार ६ सय २३ रहेको छ भने सक्रिय संक्रमित संख्या ५८ लाख ६० हजार ६ सय २५ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ७७ हजार १८ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ०९ लाख ५१ हजार ९ सय ८० जना रहेको छ ।

    Leave a Reply