वसन्त अनुभव

काठमाडौ, ९ साउन
नेपालमा विगत २४ घण्टामा १ सय ३३ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
धनुकटा १
सुनसरीका १
कोशी अस्पताल विराटनगर
झापाका ६ जना
मोरङका १ जना
सप्तरीका ७ जना
सुनसरीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
झापाका १९ जना
सुनसरीका ३ जना
मोरङका १ जना
नारायणी अस्पताल वीरगञ्ज
बारा १ जना
सलार्हीका १ जना
पर्साका ३० जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
धनुषाका १ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
काठमाडौंका ५ जना
पर्साका १ जना
सलार्हीका १ जना
भरतपुर अस्पताल प्रयोगशाला चितवन
चितवनका १ जना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
चितवनका १ जना
काठमाडौंका ५ जना
उदयपुरका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा
कास्कीका १ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा
कास्की ४ जना
लम्जुङका ३ जना
बाग्लुङका १ जना
तनहुका १ जना
भेरी अस्पताल नेपालगञ्ज
बाँके २ जना
बर्दियाका २ जना
दाङका ४ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
नवलपरासि पुर्वका ४ जना
रुपन्देहीका ४ जना
सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत
जाजरकोटका १ जना
कालीकोटका २ जना
दैलेख रियल टाइम प्रयोगशाला दैलेख
दैलेखका ८ जना
सेती प्रादेशिक अस्पताल धनगढी
कैलालीका ८ जना
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ३ हजार ९ सय ८७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ३५ हजार ०८२ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८३ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४४ रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ०७ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ७२ जना, प्रदेश नं. २ मा २ हजार ८ सय ८० जना, बागमती प्रदेशमा ४ सय ५८ जना, गण्डकी प्रदेशमा १ हजार १ सय २ जना, प्रदेश नं. ५ मा ३ हजार ८ सय ७० जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ८३ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार २ सय ८२ जना रहेकोे छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या १ सय ४६ जना, प्रदेश नं. २ मा १ हजार ९ सय १ जना, बागमती प्रदेशमा ४ सय ३९ जना, गण्डकी प्रदेशमा ३ सय ३१ जना, प्रदेश नं. ५ मा ३ सय ५४ जना, कर्णाली प्रदेशमा ३ सय १५ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ८ सय ९७ जना रहेकोे छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ९ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १९ हजार ४ सय ४४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार २ सय २२ जना, प्रदेश नं. २ मा २ हजार ४ सय ६८ जना, बागमती प्रदेशमा १ हजार ४ सय ३७ जना, गण्डकी प्रदेशमा ३ हजार २ सय ८० जना, प्रदेश नं. ५ मा २ हजार ९ सय ८५ जना, कर्णाली प्रदेशमा १ हजार १ सय ८५ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ८ सय ६७ जना रहेकोे छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ पुगेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा, पाँचथर र रसुवा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,५६,६६,८४० रहेको छ भने सक्रिय संक्रमित संख्या ५४,७५,१६३ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,३६,७८७ पुगेको छ । निको भई घर फर्कनेको संख्या ९५,५४,८९० जना रहेको छ ।





