सुदूरपश्चिम प्रदेशका चार मन्त्रालय नजिक बम फेला

  • ६ श्रावण २०७७, मंगलवार ०८:१२ मा प्रकाशित
  • धनगढी : सुदुरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै बम फेला परेका छन्।

    सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोको अगाडी बम फेला परेको छ।

    धनगढी स्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय जाने बाटोमा कुकर बम जस्तै देखिने बस्तु फेला परेको हो। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको पार्कमोडमा पनि बम फेला परेको छ।

    त्यसैगरी सामाजिक मन्त्रालय नजिकै पनि पनि बम फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बम जस्तै देखिने शंकास्पद बस्तुहरु सुदुरपश्चिम सरकारका चार मन्त्रालय नजिकै फेला परेको बताए। उनकाअनुसार डिस्पोजका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिरहेको छ।

    उता कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ। नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो। घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको अबस्थामा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए। थाहा खबर ।

    Leave a Reply