दाङ, १९ असार

दाङ जिल्लाको विजौरीमा अवस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले देउखुरी स्थित कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्रमा जडिबुटीजन्य औषधि वितरण गरेको छ ।
चिकित्सालयका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरको नेतृत्वमा गएको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलिले आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित ब्यक्तिहरु लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी आदिलाई शरिरमा रोगप्रतिरोध क्षमता अभिवृद्धि गर्ने जडिबुटिजन्य औषधि वितरण गरेको छ ।

वर्षातको मौसम सिम सिम पानी परिरहेतापनी त्यसको वास्ता नै नगरी टोलिले आइसोलेसनमा रहेका ६० जना कोरोना संक्रमित र ४० जना स्वास्थ्यकर्मी एवम सुरक्षाकर्मी गरेर १०० जनालाई गुडुची चुर्ण, अमला चुर्ण, च्यवनप्रास अवलेह आदि इम्युनिटिवर्धक औषधि वितरण गरेको थियो । उक्त अवसरमा जनस्वास्थ्य अधिकृत, अध्यक्ष लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।


