नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, आज थप ५७ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १७ हजार ५ सय ०२ पुग्यो

  • ३ श्रावण २०७७, शनिबार १९:१३ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, ३ साउन
    नेपालमा विगत २४ घण्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
    सर्लाही – २ जना
    नुवाकोट – १ जना

    वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    मोरङ – २ जना
    तेह्रथुम – २ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
    झापा – १ जना
    मोरङ – १ जना

    दैलेख पिसिआर परिक्षण प्रयोगशाला, दैलेख
    दैलेख – ४ जना

    सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढी
    कैलाली – १३ जना
    कंचनपुर – १ जना

    सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला, सुर्खेत
    दैलेख – १ जना

    कोशी अस्पताल प्रयोगशाला, विराटनगर
    ईलाम – १ जना
    मोरङ – ६ जना

    नारायणी अस्पताल प्रयोगशाला, विरगन्ज
    बारा – १ जना

    चौरजहारी न.पा. पिसिआर प्रयोगशाला, चौरजहारी रुकुम पश्चिम
    सल्यान – १ जना
    रुकुम पश्चिम – ३ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा
    डडेल्धुरा – २ जना
    बझाङ – २ जना
    डोटी – ७ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
    बागलुङ – १ जना
    पर्वत – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
    गुल्मी – २ जना
    पाल्पा – २ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ३ हजार ३ सय ३१ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ११ हजार ८ सय २९ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार २ सय ७५ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या ५ हजार ८ सय २५ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छैन भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ०३ रहेको छ । हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ४९ जना, प्रदेश नं. २ मा २ हजार ६ सय ३३ जना, बागमती प्रदेशमा ४ सय ३२ जना, गण्डकी प्रदेशमा ९ सय ४६ जना, प्रदेश नं. ५ मा ३ हजार ७ सय १५ जना, कर्णाली प्रदेशमा १ हजार ४ सय ९२ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ७० जना रहेकोे छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या ७९ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ४४ जना, बागमती प्रदेशमा ४ सय ११ जना, गण्डकी प्रदेशमा ४ सय ०८ जना, प्रदेश नं. ५ मा ४ सय १४ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना रहेकोे छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या २३ हजार २ सय ७५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ३ सय ९२ जना, प्रदेश नं. २ मा २ हजार ३ सय ४४ जना, बागमती प्रदेशमा २ हजार ३५ जना, गण्डकी प्रदेशमा ३ हजार ६ सय ८७ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय ४५ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ४५ जना, र सुदुरपश्चिम प्रदेशमा ७ हजार २ सय २७ जना रहेकोे छ ।

    त्यस्तै हालसम्म संक्रमित हुन पुगेका ब्यक्तिहरुको प्रादेशिक विवरण यस प्रकार रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय २८ जना, प्रदेश नं. २ मा ४ हजार ८ सय ८३ जना, बागमती प्रदेशमा ८ सय ५२ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ५९ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय ३९ जना, कर्णाली प्रदेशमा १ हजार ८ सय १३ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार २८ जना रहेकोे छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ पुगेको छ । जसमा भोजपुर, धनकुटा, मुस्ताङ, मनाङ, हुम्ला, पाँचथर र रसुवा रहेका छन ।

    Leave a Reply