घोराहीमा लागु औषध १५ केजि चरेस सहित ६ जना पक्राउ

  • १२ श्रावण २०७७, सोमबार २०:२१ मा प्रकाशित
  • घोराही, १२ साउन

    फाइल तस्बिर

    दाङ जिल्लाको घोराहीमा लागु औषध चरेस सहित ६ जना ब्यक्तिहरूलाइ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँबसपार्क स्थित रोल्पा नुवागाउँ होटेलको कोठा नंम्वर ६ बाट उनीहरुलाई सोमवार दिउँसो चार बजेतिर १५ केजी लागु औषध चरेस सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    पाँच नम्वर प्रदेश प्रहरी व्युरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्री सहितको टोलीले निजहरूलाइ रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २५ बस्ने बर्ष ४० को सन्तोष गुरुङ, रोल्पा नगरपालिका वडा नं. १० बस्ने बर्ष २२ को आकाश बि.क, सोहि ठाउँ बस्ने बर्ष २२ को जित कुमार विक, थवाङ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४० कि कमला घर्ती, परिवर्तन गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४५ कि जुनु बुढा र सल्यान बनगाड नगरपालिका वडा नं. १२ बस्ने बर्ष २८ को डिल बहादुर विक रहेका छन ।

    पक्राउ परेका अभियुक्तहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    Leave a Reply