एनआरएनए अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न

  • २३ असार २०७७, मंगलवार ०१:२० मा प्रकाशित

  • बाल्टिमोर अमेरिका

    एनआरएनए एनसीसी, अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। जुलाई ३ तारिख शुरु भएको साधारण सभा तथा नलेज कन्भेन्सन आज जुलाई ५ तारिख बिधान संशोधनको कार्यक्रमसंगै सकिएको हो। जुलाई ३ तारिखका दिन साहित्यिक स्वागत सहित अतिथिहरुका शुभकामना मन्तब्य राखेर कार्यक्रमको उदघाटन भएको थियो। नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गर्नु भएको थियो।
    साधारण सभा भब्य र सभ्य रुपमा सम्पन्न भएको एनसीसी, अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भएको छ। साहले नेप्लिज डायस्पोरासंग बोल्दै भब्य र सभ्य बनाउन सहयोग गर्ने सबै साधारण सदस्य, आजीवन सदस्य, बिभिन्न तह र तप्काका पदाधिकारीहरु र स्वयं सेवक साथीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ।
    यसैगरी साधारण सभा तथा कन्भेन्सनका कन्भेनर अर्जुन बन्जाडेले पनि यो कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ।
    कन्भेन्सनको दोस्रो दिन अमेरिका र विश्वभरका नेपाली प्रोफेशनलहरूको ज्ञान बाड्ने गरि ‘राष्ट्रिय ज्ञान सम्मेलन’ गरिएको थियो। उक्त सम्मेलनमा ८ वटा सिम्फोजियम र ४ वटा टाउन हल व्यवस्था गरेर बिभिन्न बिषयमा गहन छलफल गराईएको थियो। उक्त सम्मेलनको संयोजन डाक्टर तारा सिग्देलले गर्नुभएको थियो।
    त्यसैगरी तेस्रो दिन बिहान ११ बजेदेखि राती १२ बजेसम्म निरन्तर रुपमा महासचिवको संगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र बिधान संशोधन समितिको प्रस्तावमाथि घनिभूत रुपमा छलफल भएको र साधारण सभाले सबै प्रतिवेदन पारित गरेको महासचिव पशुपति पाण्डेले बताउनु भयो ।
    आजको साधारण सभामा केन्द्रिय सचिव गौरी जोशी, सल्लाहकार हरिबोल भण्डारी र एनसीसीका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष केशव पौडेलले कार्यक्रम अबधिभर सक्रिय सहभागी हुनुभएको थियो।

    2 thoughts on “एनआरएनए अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न

    1. Great news NRNA should not be corruption as NRN central corrupted as last board members which is after shesh ghale president that’s very shameful ! Everybody watching you elected members do everything transpired!!

    2. Great news NRNA should not be corruption as NRN central corrupted as last board members which is after shesh ghale president that’s very shameful ! Everybody watching you elected members do everything transpired!! Good luck 👍 all the best !

    Leave a Reply