आईसीयूमा उपचाररत महिलालाई यौ’न दू’व्र्यवहार गरेको आरोपमा ४ जना स्वास्थ्यकर्मी समातिए

  • २४ असार २०७७, बुधबार २१:४४ मा प्रकाशित
  • वीरगञ्ज, २४ असार । अस्पतालको आईसीयू उपचाररत एक महिलालाई यौ’न दूव्र्यवहार गरेको आरोपमा पर्सा प्रहरीले ४ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।

    वीरगञ्जको अली अर्थो एण्ड ट्रमा हस्पिटलका ४ जना स्वास्थ्यकर्मीलाई यौ’न दू’व्र्यवहारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    आईसीयू कक्षमा भर्ना भएकी वीरगञ्जकी २१ वर्षीया महिलालाई हुसेन मियासहित चार जना स्वास्थ्यकर्मीले यौ’न दू’व्र्यवहार गरेका परिवारजनले थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।

    आईसीयूमा उपचाररत उक्त महिलालाई मङगलबार राति पुरुष स्वास्थ्यकर्मीहरुले यौ’न दूव्र्यवहार गरेको भएता पनि बुधुबार विहान मात्रै घटना सार्वजनिक भएको हो ।

    अस्पतालका सञ्चालक हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले स्वास्थ्यकर्मीहरु दोषी देखिएमा कारवाही गर्न अस्पताल प्रशासनले प्रहरीलाई सहयोग गर्ने बताए । प्रहरीले पीडित महिलासँग सोधपुछ गरेपछि स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको हो ।

    १० दिन अगाडि वीरगन्जकै एक निजी अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी ती महिलाको स्वस्थ्यमा समस्या आएपछि चिकित्सककै सल्लाहमा मङगलबार बेलुकी अली अर्थो एण्ड ट्रमा हस्पिटलको आईसीयू कक्षमा भर्ना गरिएको थियो । न्युज 24 टिभी बाट।

    Leave a Reply