संवाददाता

रियाद | नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरे संगै नेपाली राजदूतावास , रियादले एक विज्ञप्ति जारी गर्दै साउदीबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा बहिर्गमन भिसा र राहदानीको कपि, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधीको प्रेस्कृप्सन तथा जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ,आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा, नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात राजदूतावासको ईमेल nepalembassyriyadh@gmail.com र WhatsApp नं. ०५०००३१७०५ मा पठाइदिनुहुन अनुरोध गरेको हो ।
दूतावासले अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराउने भएको छ भनिएको छ।
सथै, दुताबासको विज्ञप्तिमा “खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भर्नु भएका सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्नुहुन अनुरोध छ।” भनिएको छ।
अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराइने दुताबास द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसै गरी महावाणिज्य दुताबास जेद्धाले पनि सुचना प्रकाशित गर्दै “साउदी सरकारको गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विभिन्न क्षेत्रको लागि Protocol जारी गरेको, जसअनुसार अनिवार्य रुपमा मास्क (मेडिकल वा कपडा ) प्रयोग गरी नाक मुख छोप्नु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, पब्लिक तथा प्राइभेट अफिसमा जाँदा ज्वरो नाप्नु पर्ने, ३८ डिग्री सेल्सियस भन्दा माथि ज्वरो भएमा कसैसंग घुलमिल नगरी स्वास्थ्य जाँच गराई आवश्यकतानुसार छुट्टै बस्नुपर्ने निर्देशन जारी गरेको छ । यहाँ रोजगारीमा रहनुहुने सबै नेपालीहरुले उल्लिखित निर्देशनहरु पालना गर्नुहुन अनुरोध छ । यदी कसैले माथिका कुनै निर्देशनको उल्लंघन गरेमा साउदी रियाल १००० जरिवाना लाग्ने छ” भनिएको छ । साथै, विमानस्थल लगायत अन्य कम्पनीमा काम गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले कम्पनीले कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने साबधानीका उपायहरु नअपनाई काममा लगाएमा कन्सुलेट जनरललाई खबर गर्नु पनि उक्त सुचना मार्फत महावाणिज्य दुताबासले अनुरोध गरेको छ ।
महावाणिज्य दुताबासले कोभिड १९ को विश्ववब्यापी संक्रमणको कारणले स्वदेश फर्कनै पर्ने अवस्था भएका नेपाली नागरिकहरुलाई नेपाल सरकारले स्वदेश फर्कन सहजीकरण गर्ने निर्णय गरेको उल्लेख गर्दै सो प्रयोजनको लागि यस महावाणिज्य दुताबासको वेबसाइटमा राखिएको अनलाइन फाराम भरी पेश गर्नु र राहदानीको फोटोकपी ०५५ ८७८ ६३२७ मा whats App मार्फत पठाउन अनुरोध गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको यो महामारीमा संयमता अपनाई साउदी अरेबियामा क्रियाशील रहेका विभिन्न संघ-संस्थाहरूलाई समन्वय तथा सूचना प्रवाह गर्न समेत महावाणिज्य दुताबासले अनुरोध गरेको छ ।



यदि कम्पनीले Final Exit लगाइदियो, एम्बेसीले उड्यनको प्राथमिकतमा राखेर सुचना निकाल्यो वा जानकारी दियो, अनि कोरोनाको टेस्ट गर्दा positive result भेटियो भने? यसको समाधान के हुनसक्छ? कम्पनि जवाफदेही नहुनपनि सक्छ। यो समस्यालाइ महाबाणिज्यदुतले कसरी हेरेको छ? कृपया प्रस्ट पारिदिनुहुन्छ कि।
महावाणिज्य दुताबासले सार्वजनिक गरेको संपर्क नंबरमा बुझ्न सक्नुहुने छ।
Nepaljampau
Company le salary nadeko 5maina vayo salary mayo van I ultai akamakopaisa mag6 sadhai 10 ghantakam lagau6 Manama yauta xutipani didain 700 besik ho didan
Masit khani paisanixan
यो लिंकमा उपलब्ध संस्थाको पदाधिकारीहरू संग समन्वय गर्न सक्नु हुनेछ ।
https://himalayandristi.com/?p=8304
my going to nepal I,m .2 mount ago vacation pepper give company me problem ventolin evohaler use befour now useing my go imarjance