
-बिष्णु रसाइली-
कानुन बिद्यार्थी मध्य -पश्चिमाञ्चल बिश्व बिधालय
सामान्यतया ब्यस्यावृद्धि भन्ने बित्तिकै हाम्रो दिमागमा कति नराम्रो शब्द , फोहोरी कार्य भनी आउँछ । तर बेश्याबृदी भनेको ब्यबसाय वा भुक्तानीको सट्टा यौन गति बिधिमा संलङता को अभ्यास हो । यसलाई कहिलेकाही यौन सेवाहरु , व्यावसायिक सेक्स वा बोलचालको रुपमा बेश्याबृदी भनी परिभाषा गरिन्छ । कमन ल प्रणाली लागु हुने देश हरु मा बिश्वको सबैभन्दा पुरानो पेशाको रुपमा यो पेसा लाई चिनिन्छ । यस क्षेत्रमा काम गर्ने ब्यक्तिलाई बेश्या भनिन्छ । बेश्या भन्नाले ती ब्यक्तिहरु हुन जुन व्यावसायिक यौन कर्मी को रुपमा लागेका हुन्छन । तसर्थ यो एउटा ब्यबसाय हो भन्न मिल्छ । त्यसकारण यसलाई सिधै अबैधानिक र अप्रासंगिक व्यबहार , वा कार्य हो ,भन्नू आफैमा गलत बुझाई हुन आउँछ । अनुसन्धानकर्ताहरु बेश्याबृदी लाई बैधानिक दिनु पर्दछ , यो एउटा ब्यबसाय हो । बास्तबममै बिश्वको सबैभन्दा पुरानो पेशा यौन पेशा हो भनी पुष्ठि गर्दछन ।
जुन अरुहरु यसलाई आज सम्म पनि नकारात्मक तर्क गर्दछन । तसर्थ सबै अनुसन्धानकर्ताहरु यौन पेशा लाई बैधानिकता दिनु पर्छ भन्नेमा सहमत छ्न ।
बेश्याबृदी (यौन ब्यबसाय ) सम्बन्धि अबधारणा ई.पु. २१ औ शताब्दी देखि नै पुर्बीय दर्शन बाट प्रचलनमा आएको पाईन्छ । समभब्त यो धार्मिक प्रथाको रुपमा थियो । यस समयमा ग्रिक , रोम , चीन र अन्य दर्जनौं देश हरुले पनि अभ्यास गर्दथे।
जब हामी ई . स . मा प्रबेश गर्यौ , यसलाई बिस्तारै मान्यता र सकारात्मक तर्फ सोच्दै जान थालेका छौ । हामी परिबर्तित समाजको कल्पना गर्दै गर्दा यसलाई आधुनिक समाजको हिस्साको रुपमा बुझ्नु पर्छ ।, हो हामी प्रष्ट बुझ्न सक्दछौ कि समाजको मान्यता र समयको माग आजको प्रमुख आबश्यता हो । यस मान्यता लाई आजको हाम्रो समाजले पनि सकारात्मक दृष्टि बाट नियाल्न अत्यन्तै आबश्यता छ।
कानुनी बेश्याबृदी लाई समर्थ गर्दै धेरै मानिसहरु भन्दछ्न कि :
– बेश्याबृदी बयस्क हरु बिच हुने सहमती युक्त क्रियाकलाप हो तसर्थ यसलाई सरकारले अभ्यास निषेध गर्नु हुदैन । 1999 मा स्विडानले यौन सम्बन्धमा गैरकानुनी कार्यलाई निषेध गर्यो । तर त्यहाँ यौन ब्यबसायलाई होइन , यौन ब्यबसाय गर्दा आउने सम्भाबित अपराध हरुलाई निषेध गरेको पाईन्छ । तथापि यहाँ बाट पनि यौन पेशा लाई बढवा दिएको पाईन्छ । यहि पेशा र पद्धति पछि आएर क्यानडा (2014), फ्रान्स (2016), र आइसल्याण्ड (2017) ले पनि यसै मोडेल अपनाएको पाईन्छ ।
यति मात्रै होइन कि नेपालमा सदियौ देखि चल्दै आएका ग्रन्थ हरु अध्यन गर्ने हो भने कैटिल्यको अर्थशास्त्र मा यौन पेशा को बारेमा खुलेर बर्णन गरिएको पाइन्छ ।यस्तै अन्य प्रकाशन छापाखाना लगाएतका माध्यम बाट भने पछिल्लो समयमा पनि यौन ब्यबस्था बारे कुरा गरिएको पाईन्छ ।नेपालको परिपेच्छे मा भने अझै विभिन्न प्रवृत्ति र परिबन्ध अनि अरुले के भन्लान् भन्ने सोचाइले गर्दा खुलेर कुरा गर्न भने सकिरहेको पाइदैन ।
*** नेपालको मा यौन ब्यबसाय बैधानिकता किन हुने ****
*अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरेको छ । नेपालमा यौन ब्यबसाय बारे खुलेर कुरा गरिदैन र कानुन पनि मौन नै देखिन्छ ।कतिपय बहस र मुद्दा हरुमा राय राख्दै गर्दा अधिवक्ता सुजन पन्त पनि यो पेशामा मान्छे ले चाहेकै आधारमा उसको इच्छा अनुसार स्वतस्फूर्त रुपमा नै गर्न दिनु पर्छ ,यो ब्यबसाय लाई बैधानिकता दिन सकिन्छ भन्नू हुन्छ ।अधिवक्ता पन्त, का अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओे) ले यौन पेशालाई मर्यादित पेशा भनेर परिभाषित गरको छ। नेपाल पनि आईएलओको सदस्य हो। यस हिसाबले पनि यौन पेशा वैधानिक पेशा हो भनेर भन्न मिल्छ। तर, नेपालमा यौनकर्मीको मुद्दा न राज्यको चासोको विषय बनेको छ, न यो विषयमा खुलेरै छलफल हुन्छ। यस्तै नेपालको मुलुकी फौजदारी संहिता को दफा -२१३ ले जबरर्जस्ती यौन कार्यमा लगाउनु गैरकानुनी भनी परिभाषा गरेको छ ,अपहरण वा शारिरिक बन्धक लिएर गरेको कार्य मा मात्रै हुने सजायको बारेमा उल्लेख गरेको छ ,कुनैपनि ब्यक्तिले स्वत स्फुर्त रुपमा गरिने यौन व्यबहार र ब्यबसाय अबैधानिक हो भनी स्पष्ट भने बोलेको पाईदैन । तसर्थ यो पेशा अबैधानिक भनी बुझ्न मिल्दैन ।उमेर पुगेका कुनै २ सक्षम ब्यक्ति हरुमा सहमत भयर गरेको कुनै कार्यमा राज्यले नियन्त्रण गर्न मिल्दैन त्यसकारण यौन पेशालाई अबैध पेशा भन्न पनि मिल्दैन । यदि बैधानिकता दिई निश्चित ठाँउ तोकियो , ब्यबसाय गर्न चाहने जुन सुकै उम्मेर पुगेका सक्षम ब्यक्तिहरुले प्रमाणपत्र लिन चाहेको ब्यहोरा जनाई निश्चित नियम मा आधारित रहेर प्रदान गरियो भने धेरै प्रकारका हिंसा रोक्न सकिन्छ । लैङ्गकि विभेद जस्ता प्रसङ्ग पनि पक्कै कमै आउने छ्न ।
मुलुकी फौजदारी संहिताले इच्छामा गरिएको कार्य वा सहमतिमा गरिएको कुनै पनि कार्य जुन मन्जुरी लिई गरेको छ भने त्यो अबैधानिक नहुने भनी दफा : १५ मा स्पष्ट ब्यबस्था गरेको छ ।यस दफा मा ज्यान लिने अंगभङ्ग गर्ने नियतले बा यस्तो कर्य हुन सक्छ भन्ने थाहा पाउँदा पाउदै पनि गरेको कार्य बाहेक कसैले १८ बर्ष माथिको कुनै ब्यक्तिको मन्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मन्जुरी लिने ब्यक्तिलाई कुनै क्षती पुग्न गएमा पनि सो कार्य कसुर मानिने छैन भनी स्पष्ट ब्यबस्था गरेको छ ।यसै परिच्छेद को दफा १९ मा मन्जुर लिए पनि सजाय हुने कार्य को बारेमा स्पष्ट ब्यबस्था गरेको छ ।यस दफाले ,१५,१६,१७ का जुनसुकै कुराको मन्जुरी भएमा गरेको भए पनि कसुर मानिने भनिएको छ । तर कुनै अङ्गभङ्ग , ज्यान लिने उदेश्यले गरेको मन्जुरी लाई ,बाहेकको अन्य सहमति लाई समेटिएको देखिदैन ।तसर्थ यो एउटा सहमतिको कार्य हो । जुन अबैधानिकता छ भन्नू गलत छ ।कसैले प्रश्न गर्नुहुन्छ होला हाम्रा छोरी चेली /छोराछोरी छाडा भएको हेर्ने यस्तो काम गर्नुहुदैन भनेर सिकाउनु त कहाँ छ कहाँ उल्टै बहस गर्ने रे !! तर कुरा स्वतस्फूर्त पेशा र जबर्जस्ती मा फरक रहन्छ जबर्जस्ति गरिनु र गर्नु एउटा जगनिय अपराध हो भने स्वतस्फूर्त गरिने कार्य र कानुनी बाटो भएको काम भने ब्यबसाय हो ।अझ भनै , मानव अधिकार ले स्वतन्त्रता पुर्बक जीवन यापन गर्न पाउनु पर्छ भनी परिभाषा गर्दछ।
भने मानव अधिकार सम्बन्धि बिश्वब्यापी घोषणापत्र १९४८ को धारा : २३(१) को आफ्नो ईच्छा अनुसारको कामको स्वतन्त्रता छ्नोट गर्ने अधिकार हुनेछ , भन्ने बिर्सेको पाईन्छ । त्यसकारण ईच्छा को कार्य , काम गर्न कानुन अनुसार मानव अधिकार ले पनि मानबिय ईच्छा लाई संरक्षण गरेको छ ।नेपालको संविधान को धारा ३३ (२) अनुसार प्रत्येक नागरिकलाई रोजगारी छ्नोट गर्ने हक भनी ब्यबस्था गरेको छ त्यस्तै धारा २९(४) अनुसार नै कसैलाई निजको इच्छा बिपरित कार्यमा लगाई शोषण गर्न पाईने छैन भनी स्पष्ट ब्यबस्था गरेको छ । तसर्थ यो अबैध कानुनी प्रक्रिया र सामाजिक मुल्य मान्यता बिपरितको कार्य भन्न मिल्दैन ।यौन पेशालाइ कानुनी मान्यता दिदा सम्पुर्ण मानबिय इच्छा अनुसारको काम छ्नोट समेत गर्न पाउने र अधिकारको पनि संरक्षण हुन जान्छ । अझ यौन कर्मी माथी हुने विभेद रोकिन्छ ,न्यूनीकरण तर्फ धकेलिन्छ । यसले यौन जन्य अपराध समेत रोक्न सधाउदछ । तसर्थ : नेपालमा पनि यौन ब्यबसायलाई बैधानिकता दिन सकिन्छ । एक ब्यबसायको रुपमा अगाडि बढाउन सकिन्छ ।


Thank you for accept you request .
Thank you for accept my request .