वसन्त अनुभव

घोराही, दाङ, १६ असार
दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको स्वाव नमुना परिक्षणमा दाङका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन ।
आज कोरोना संक्रमण पुष्टि हुनेमा घोराही उपमहानगरपालिकाका ११ जना, तुलसीपुर उपमहानगरपालिकाका ६ जना, शान्तिनगर गापाका ४ जना र सल्यान बागचौरका २ जना रहेका छन । उक्त जानकारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
संक्रमित हुनेमा घोराही उपमहानगरपालिका वडा नं. २ का १८, २०, २६, २६, २८, ३३, ३५, ४० र ४९ वर्षीय ९ जना र वडा नं. १५ का ३० र ४० वर्षीय २ जना रहेका छन । जसमध्ये एक ४० वर्षीय महिला र बाकी सबै पुरुष रहेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५० वर्षीय पुरुष १ जना, वडा नं. ७ का २१, ४६, ४९ र ५८ वर्षीय पुरुष ४ जना र वडा नं. १८ का ३९ वर्षीय पुरुष १ जना रहेका छन ।
त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. २ का ३२ वर्षीय पुरुष १ जना, वडा नं. ३ का ३२ वर्षीय पुरुष १ जना, वडा नं. ५ का ३४ वर्षीय पुरुष १ जना वडा नं. ७ कि ५० वर्षीय महिला १ जना रहेका छन ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा जाँच गरिएको स्वाव नमुना परिक्षणमा सल्यान बागचौरका २ जना ब्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमित हुनेमा बागचौर – ६ का ३५ वर्षीय पुरुष १ जना र २३ वर्षीय महिला १ जना रहेका छन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा आज १२६ वटा स्वाव नमुनाको RT-PCR विधिबाट गरिएको परिक्षणमा २३ जनामा कोरोना पोजेटिभ देखिएको र १०३ जनामा नेगेटिभ देखिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

