वसन्त अनुभव

काठमाडौ, १६ असार
नेपालमा विगत २४ घण्टामा ३१६ जना नयाँ संक्रमित थपिएका छन । जसमा ७१ जना महिला र २४५ जना पुरुष रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । जसमा १ हजार ६ सय ५७ जना महिला र ११ हजार ९ सय ७ जना पुरुष रहेका छन ।
आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
कोशी अस्पताल, बिराटनगर
सप्तरी – ४ पुरुष
सिराहा – १ महिला र ९ पुरुष
उदयपुर – २ पुरुष
झापा – २ महिला र ३ पुरुष
सुनसरी – २ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
संखुवासभा – ३ पुरुष
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज प्रयोगशाला
सप्तरी – २ महिला र १९ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
धनुषा – ३ पुरुष
रौतहट – ५ पुरुष
महोत्तरी – २९ पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
बाग्लुङ – १ पुरुष
भक्तपुर – १ पुरुष
सर्लाही – १ महिला र ७ पुरुष
गोरखा – १ पुरुष
सिन्धुपाल्चोक – १ महिला र १ पुरुष
गुल्मी – १ पुरुष
स्याङ्जा – १ पुरुष
रौतहट – २ पुरुष
काठमाडौ – २ पुरुष
बाजुरा – १ पुरुष
अछाम – ७ महिला र २० पुरुष
पाटन अस्पताल, ललितपुर
काठमाडौ – १ महिला
डडेल्धुरा – १ पुरुष
ललितपुर – १ पुरुष
विर अस्पताल, काठमाडौ
अछाम – १ महिला
बैतडी – १ पुरुष
डोटी – १ महिला र १४ पुरुष
त्रि वि शिक्षण अस्पताल प्रयोगशाला
काठमाडौ – ४ महिला ५ पुरुष
म्याग्दी – १ पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
कास्की – १ महिला र ८ पुरुष
लमजुङ – ३ महिला
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
स्याङ्जा – १ महिला र २ पुरुष
तनहुँ – ३ महिला र ३ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
अर्घाखाँची –२ महिला र ५ पुरुष
पाल्पा –३ महिला र १५ पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
दाङ – २ महिला र १९ पुरुष
सल्यान – १ महिला र १ पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
बाजुरा – १६ महिला र ३२ पुरुष
रुकुम पश्चिम – १ महिला र ७ पुरुष
बाके – १ पुरुष
दैलेख – ३ पुरुष
सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढी
कैलाली – ५ पुरुष
बैतडी – १ महिला र २ पुरुष
बाजुरा – १ महिला र १ पुरुष
डडेल्धुरा – २ महिला
डोटी – १३ महिला र २ पुरुष
बिगत २४ घण्टामा अधिराज्यका २२ वटा प्रयोगशालाबाट RT-PCR बिधिबाट ४ हजार ७ सय ११ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५३ हजार ७० जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या १० हजार ३ सय ४१जना रहेको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २९ रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६० जना रहेको छ । जसमध्ये ९ जना महिला र ५१ जना पुरुष रहेका छन । हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ जना रहेको छ । जसमध्ये २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष रहेका छन ।.
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा संक्रमित संख्या ५ सय ९५ जना र आजमात्र संक्रमित १२ जना, प्रदेश नं. २ मा संक्रमित संख्या ३ हजार ७ सय ९४ जना र आजमात्र संक्रमित ८२ जना, बागमती प्रदेशमा संक्रमित संख्या ४ सय २८ जना र आजमात्र संक्रमित १६ जना, गण्डकी प्रदेशमा संक्रमित संख्या १ हजार १७ जना र आजमात्र संक्रमित २५ जना रहेको छ ।
त्यस्तै प्रदेश नं. ५ मा संक्रमित संख्या ३ हजार ८ सय ७ जना र आजमात्र संक्रमित ४७ जना, कर्णाली प्रदेशमा संक्रमित संख्या १ हजार ४ सय ६६ जना र आजमात्र संक्रमित १३ जना र सुदुरपश्चिम प्रदेशमा संक्रमित संख्या २ हजार ४ सय ५७ जना र आजमात्र संक्रमित २१ जना रहेको छ ।

