
वसन्त अनुभव
तुलसीपुर, ११ असार
तुलसीपुर उपमहानगरपालिकाका क्वारेन्टाइनमा हाल ४५३ जना रहेका छन । त्यस्तै होम क्वारेन्टाइनमा ६ जना र पेईङ क्वारेन्टाइनमा ७ जना रहेका छन ।
उपमहानगरको क्वारेन्टाइनमा रहेका मानिसहरुमा ३७४ जना पुरुष, ७९ जना महिला, १७ बालबालिका र २ जना गर्भवती रहेको तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्धन शाखाका कोभिड फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताउनु भयो । त्यस्तै तेश्रो मुलुकबाट २६ जना आएको जानकारी प्राप्त भएको छ ।
हालसम्म ११४५ को पिसिआर र १४६ जनाको आरडिटी विधिबाट कोरोना परिक्षण गरिएको छ । पिसिआर प्रविधिबाट
१५ जना पोजिटिभ भेटिएका छन भने आरडिटी विधि बाट ८ जना पोजेटिभ भै उपचार पश्चात् डिस्चार्ज भैसको छ भने ७ जनाको उपचार भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका क्वारेन्टाइनमा हालसम्म १३८४ जना मानिस रहेका छन भने ६९२ जना डिस्चार्ज भैसकेका छन भने ३३३ जनको रिपोर्ट पेन्डिङ रहेको छ ।
फोकल पर्सन केसीका अनुसार तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा रहेका १३१ जनाको गरिएको स्वाव संकलन मध्ये २५ जनाको पीसीआर परिक्षण को रिपोर्ट नेगेटिभ आएको छ भने बाकी १०६ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।
तुलसीपुरको राप्ती लाइफ केयर अस्पतालको क्वारेन्टाइन र मा.वि. सेन्टरको क्वारेन्टाइनमा रहेका १०६ जनाको स्वाव संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
त्यस्तै तुलसीपुरको मावि कालाखोला क्वारेन्टाइनमा रहेका मध्य २० जनाको पीसीआर परिक्षण रिपोर्टमा ५ जनाको नेगेटिभ आएको र वाकी १५ को रिपोर्ट आउन बाकी रहेको छ ।

