कोरोना अपडेट : कुन जिल्लामा कति संक्रमित?

  • ११ असार २०७७, बिहीबार २२:२२ मा प्रकाशित
  • काठमाडौं- बिहीबार साँझसम्म रसुवाबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

    पछिल्लो २४ घण्टामा देशभर ४३४ थप कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ। जसमध्ये २ हजार ६ सय ५० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म २६ संक्रमितको मृत्यु भएको छ।

    रसुवा जिल्ला बाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    हालसम्म देशभर १६ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। बुधबार झापा र सप्तरी यसको सूचीमा थपिएका छन्। सबैभन्दा धेरै रौतहटमा १ हजार २ सय ३ संक्रमित छन्।

    दैलेखमा ७५३, कपिलवस्तुमा ७०६, सर्लाहीमा ६३७, महोत्तरीमा ५५१, कैलालीमा ४७९, दाङमा ३९१, बाँकेमा ३५३, सुर्खेतमा ३४६, धनुषामा ३१७, रुपन्देहीमा २७५, अर्घाखाँचीमा २५१, गुल्मीमा २४१, झापामा २११, डडेल्धुरामा २०४ र सप्तरीमा २०१ जना संक्रमित भेटिएका छन्।

    देशभर २३ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३७ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

    कुन जिल्लामा कति संक्रमित भेटिए ?
    २ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
    रौतहट – १२०३
    दैलेख – ७५३
    कपिलवस्तु – ७०६
    सर्लाही – ६३७
    महोत्तरी – ५५१
    सुर्खेत – ३४६
    दाङ – ३९१
    धनुषा – ३१७
    रुपन्देही – २७५
    बाँके – ३५३
    कैलाली – ४७९
    अर्घाखाँची – २५१
    गुल्मी – २४१
    डडेल्धुरा – २०४
    झापा – २११
    सप्तरी – २०१

    ५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
    सल्यान – १७५
    पर्सा – १५८
    बर्दिया – १५४
    बैतडी – १५८
    मोरङ – १३२
    बारा – १०८
    नवलपरासी पूर्व – १८०
    कञ्चनपुर – १९८
    धादिङ – १३९
    सिरहा – १६२
    स्याङजा – १४९
    बागलुङ – १४०
    अछाम – ९३
    बाजुरा – ९८
    प्युठान – १८४
    सुनसरी – ६८
    पाल्पा – २४६
    डोटी – १९६
    नवलपरासी पश्चिम – ८१
    तनहुँ – ९२
    उदयपुर – ५५
    गोरखा – ८४
    पर्वत – ६८

    १ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
    चितवन – ४९
    कालिकोट – ४४
    जुम्ला – २६
    सिन्धुपाल्चोक – २८
    रामेछाप – २६
    बझाङ – ४४
    कास्की – ३३
    मकवानपुर – १४
    दार्चुला – १२
    नुवाकोट – १३
    काठमाडौं – ४२
    जाजरकोट – १०

    सिन्धुली – ८
    धनकुटा – ८
    भक्तपुर – १७
    भोजपुर – ६
    ललितपुर – ६
    म्याग्दी – ८
    ताप्लेजुङ – ४
    रुकुम पूर्व – ३
    तेह्रथुम – ५
    पाँचथर – ३
    दोलखा – २
    संखुवासभा – २

    इलाम – २
    हुम्ला – २
    मुगु – १
    डोल्पा – १
    रुकुम पश्चिम – २
    सोलुखुम्बु – १
    खोटाङ – ४
    मनाङ – १
    लमजुङ – ११
    रोल्पा – ४४
    काभ्रेपलाञ्चोक – ६
    मुस्ताङ – १
    ओखलढुंगा – १

    स्वास्थ्यखबर

    Leave a Reply